
काठमाडाैं । नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आज सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले अन्तिम चारमा पुगेका हु्न ।
याे जितसँगै उनको व्यावसायिक एमएमए करियरमा १०औं जित दर्ता भएको छ।