• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

      ४ घण्टा अघि

      गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

      १ दिन अघि

      Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

      १ दिन अघि

      बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

      १ दिन अघि

      लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

      १ दिन अघि

      मोहम्मद सालाह टर्की जाने तयारीमा

      १ दिन अघि

      नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

      २ दिन अघि

      बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

      २ दिन अघि

      एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

      २ दिन अघि

      मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

      २ दिन अघि

      जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

      २ दिन अघि

      नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

      ३ दिन अघि

      भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

      ३ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ३ दिन अघि

      अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

      ३ दिन अघि
    आज: २०८३ श्रावण ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २८, बिहिबार (१ महिना अघि)
  • ३३१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६७ मिनेट

  • काठमाडौँ । काठमाडौँको पर्यटकीय तथा ऐतिहासिक क्षेत्र बूढानीलकण्ठमा स्थानीय ५० जना ऊर्जावान् युवाहरूलाई व्यावसायिक रूपमा पर्यटन उद्योगसँग जोड्ने उद्देश्यका साथ एक विशेष ‘पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ। लाइभ नेपाल नेटवर्क प्रा. लि. को आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको गरिमामय समन्वयमा जेठ २८ गते बूढानीलकण्ठ–३ स्थित ‘घराना बाइट्स’ को सभाहलमा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

    “पर्यटनका लागि स्थानीय जनशक्ति, समृद्धिका लागि आफैँबाट सुरुवात” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको औपचारिक उद्घाटन पानसमा बत्ती बालेर ज्येष्ठ नागरिक तथा पूर्व प्रधानाध्यापक एवं समाजसेवी केशवराज पाण्डेले गर्नुभएको थियो। कार्यक्रमको कुशल र ऊर्जावान् उद्घोषण वरिष्ठ पत्रकार एवं उद्घोषक सावित्री बस्नेत ‘साबु’ ले गर्नुभएको थियो। उनको आकर्षक, ओझिलो र प्रभावकारी सञ्चालन शैलीको हलमा उपस्थित सबैले उच्च प्रशंसा गरेका थिए।

    स्थानीय तहका जनप्रतिनिधिहरूको प्रतिबद्धता: युवा स्वरोजगार र पर्यटन विकासलाई सँगसँगै लैजानुपर्नेमा जोड

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष आकाश धितालले बूढानीलकण्ठ क्षेत्र प्राकृतिक र सांस्कृतिक रूपमा धनी भएर पनि यसको सही प्रवर्द्धन हुन नसकेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो:

    “बूढानीलकण्ठलाई काठमाडौँकै प्रमुख ‘Tourism Hub’ बनाउन स्थानीय तह प्रतिबद्ध छ। तर, पूर्वाधारले मात्र पर्यटन विकास हुँदैन; त्यसका लागि दक्ष जनशक्ति चाहिन्छ। यो तालिमले हाम्रा स्थानीय युवाहरूलाई स्वरोजगार बन्न र बूढानीलकण्ठको इतिहास तथा महत्वलाई विश्वमाझ फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। वडा र नगरपालिका युवाहरूको यस्ता रचनात्मक प्रयासमा सधैँ साथमा रहनेछ।”

    त्यस्तै, विशिष्ट अतिथि टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले छिमेकी नगरपालिकाहरूबीच समन्वय गरेर पर्यटकीय सर्किट बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो:

    “पर्यटन विकास र युवा स्वरोजगारलाई सँगसँगै लैजानु आजको आवश्यकता हो। युवाहरू विदेश पलायन भइरहेको अवस्थामा आफ्नै माटोमा सम्भावना देखाउने यस्ता कार्यक्रम प्रशंसनीय छन्। टोखाको संस्कृति र बूढानीलकण्ठको पर्यटनलाई जोडेर हामीले अगाडि बढ्नुपर्छ।”

    मुख्य आकर्षण: ‘फादर अफ नेपाल टुरिजम’ कर्ण शाक्यको प्रेरक अनुभव र सफलताको कथा

    कार्यक्रमको मुख्य आकर्षण एवं मुख्य वक्ताका रूपमा नेपालको पर्यटन उद्योगका भीष्म पितामह, ‘फादर अफ नेपाल टुरिजम’ एवं प्रसिद्ध लेखक कर्ण शाक्य रहनुभएको थियो। उहाँले हलमा उपस्थित ५० जना युवा प्रशिक्षार्थी र व्यवसायीहरू माझ पर्यटन नीति, आफ्नो संघर्ष र सफलताको कथा सुनाउँदै ऊर्जा भर्नुभयो।

    कर्ण शाक्यले आफ्नो प्रस्तुति र अभिमुखीकरणका क्रममा राख्नुभएका मुख्य बुँदाहरू:

    • बूढानीलकण्ठको महिमा: शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेको बूढानीलकण्ठ प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने क्षमता बोकेको क्षेत्र हो। यसको पहिचानलाई विश्वमाझ पुर्‍याउन स्थानीय युवा र व्यवसायी जाग्नुपर्छ।

    • सपना र कार्यान्वयन: “म सधैँ सपना देख्छु, देखेको सपना अरूलाई भन्छु (बाँड्छु) र त्यसलाई पूरा गरेरै छोड्छु। युवाहरूले पनि सपना देख्न र त्यसलाई पछ्याउन डराउनु हुँदैन।”

    • सफलतापछिको चुनौती: “मानिसहरू समस्याबाट डराउँछन्, तर वास्तविक समस्या त सफलता प्राप्त गरेपछि मात्र सुरु हुन्छ। सफलतालाई टिकाई राख्नु र त्यसलाई संस्थागत गर्नु नै असली उद्यमशीलता हो।”

    • जीवनपछिको जीवन: “म केवल सास फेरेर लाश (मरेतुल्य) भएर बाँच्न चाहन्नँ। म त जीवन पछि पनि जीवन बाँच्न चाहन्छु, अर्थात् मेरो कर्मले मलाई मरेर गएपछि पनि बचाइराखोस्।”

    उहाँले सन् १९७० को दशकमा ठमेलमा ‘काठमाडौँ गेष्ट हाउस’ (KGH) स्थापना गर्दाको संघर्ष, पहिलो ‘चितवन राष्ट्रिय निकुञ्ज’ को सीमाङ्कनमा वन्यजन्तु संरक्षण अधिकृतका रूपमा गरेको योगदान, र ‘विजिट नेपाल १९९८’ को परिकल्पना गर्दाका अनुभवहरू सेयर गर्नुभयो। साथै, पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायको भूमिका र वर्तमान अवस्थाको चुनौतीबारे चर्चा गर्दै ‘सोच’, ‘खोज’ र ‘म सक्छु’ जस्ता आफ्ना पुस्तकका दर्शन मार्फत युवाहरूलाई देशभित्रै सम्भावना पहिल्याउन आग्रह गर्नुभयो।

    विभिन्न क्षेत्रका दिग्गज तथा व्यवसायीहरूको ऐक्यबद्धता

    कार्यक्रमको सुरुवातमै कृष्णराज तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै आगन्तुक सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई शब्दगुच्छाद्वारा स्वागत गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी तथा पर्यटनविद् गोविन्द भुसाल, वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनी, पूर्व प्रधानाध्यापक एवं समाजसेवी टेकनारायण सापकोटा, र समाजसेवी सुशील रानाले आ-आफ्नो धारणा राख्दै युवाहरूलाई देशमै केही गर्न प्रेरित गर्नुभएको थियो।

    त्यसैगरी अतिथिहरू विष्णुबहादुर कार्की, समाजसेवी एकनारायण भुसाल, समाजसेवी तथा व्यवसायी ए. एल. बी. गुरुङ, गायक, मोडल तथा समाजसेवी सुधिर राज श्रेष्ठ, समाजसेवी गजेन्द्र बहादुर क्षेत्री, र सञ्जय ध्याकु श्रेष्ठको पनि कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो। टोखा चाकु संरक्षणको तर्फबाट कृष्ण श्रेष्ठ र इलाम चिया प्रवर्द्धनका तर्फबाट राम चवानले आ-आफ्नो क्षेत्र र मौलिक उत्पादनलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्नेबारे संक्षिप्त मन्तव्य राख्नुभएको थियो।

    बूढानीलकण्ठ क्षेत्रलाई ‘Tourism Hub’ बनाउने महाअभियानमा ऐक्यबद्धता जनाउन स्थानीय होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा होटल होलिडे इन, मिराके ड्याकेडो, टापेस, मार्बला, पालिसवा, र दिगो थकाली लगायतका प्रतिष्ठित होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका व्यक्तित्वहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

    दोस्रो सत्रमा प्राविधिक प्रशिक्षण: युवाहरूलाई बनाइयो गाइड र प्रवर्द्धक

    उद्घाटन र मुख्य वक्ताको सत्र सकिएपछि कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र सञ्चारकर्मीहरूलाई मायाको चिनो (Token of Love) वितरण गरिएको थियो। सभापति पुष्करराज पाण्डेले अतिथिहरूलाई मायाको चिनो हस्तानतरण गर्नुभएको थियो।

    औपचारिक सत्रको समापनपछि कार्यक्रम विशुद्ध प्राविधिक प्रशिक्षण सत्रमा प्रवेश गरेको थियो। दोस्रो सत्रमा मुख्य सहजकर्ता एवं ट्रेनर कृष्णा राज तिमिल्सिना र प्राविधिक सेसनका सहजकर्ता कृष्ण सापकोटाले सहभागी ५० जना युवाहरूलाई टुरिष्ट गाइडका प्राविधिक तौरतरिका, पर्यटक सुरक्षा, स्थानीय इतिहासको बयान र सञ्चार कलाबारे विस्तृत व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा युवाहरूलाई पर्यटकहरूसँग कसरी बोल्ने, स्थानीय सम्पदाको ऐतिहासिक पक्षलाई कसरी रोचक ढंगले प्रस्तुत गर्ने र डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन कसरी गर्ने भन्नेबारे अभ्यास गराइएको थियो।

    सभ्य र भव्य रूपमा कार्यक्रम सफल: अध्यक्ष पुष्करराज पाण्डेको मार्गनिर्देशन

    समग्र कार्यक्रम अत्यन्तै व्यवस्थित, मर्यादित, सभ्य र भव्य रूपमा सफल भएको छ। हलमा उपस्थित सहभागी युवाहरूको उत्साह र पर्यटन क्षेत्रका दिग्गजहरूको उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो।

    कार्यक्रमको समापन गर्दै लाइभ नेपाल नेटवर्कका अध्यक्ष एवं सञ्चार, सूचना प्रविधि तथा सामाजिक पैरवीका अभियन्ता पुष्करराज पाण्डेले सबैप्रति आभार व्यक्त गर्नुभयो। आफ्नो अध्यक्षीय मन्तव्य राख्दै पाण्डेले भन्नुभयो:

    “हाम्रो उद्देश्य केवल भाषण गर्ने वा औपचारिक कार्यक्रम गर्ने मात्र होइन। हामी स्थानीय युवाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन चाहन्छौँ। बूढानीलकण्ठ ऐतिहासिक, धार्मिक र प्राकृतिक दृष्टिकोणले एउटा खुला संग्रहालय जस्तै हो। यहाँका ५० जना युवाहरू अब केवल बेरोजगार नागरिक मात्र होइनन्, उनीहरू बूढानीलकण्ठका पर्यटन दूत (Tourism Ambassadors) हुन्। लाइभ नेपाल नेटवर्कले आगामी दिनमा पनि युवाहरूको क्षमता विकास र देशको समृद्धिका लागि स्थानीय सरकारसँग मिलेर यस्ता प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।”

    स्थानीय युवाहरूलाई सीप र रोजगारीसँग जोड्दै बूढानीलकण्ठको पर्यटनमा नयाँ क्रान्ति ल्याउने र यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दह्रो विश्वासका साथ कार्यक्रम भव्य रूपमा समापन भएको छ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    मोहम्मद सालाह टर्की जाने तयारीमा

    समाचार

    युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑