काठमाडौं । टेस्लाका मालिका इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन्। उनको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्।
मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। कम्पनीका कागजात र वित्तीय तथ्यांकका आधारमा गरेको गणनाअनुसार शुक्रबार सेयर कारोबार सुरु भएपछि मस्कको सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ।
यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब ७८० अर्ब डलर रहेको अनुमान गरेको थियो।
मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। रिपोर्टअनुसार कम्पनीमा रहेको उनको हिस्सेदारीको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर छ। यसबाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट समेत उनको सम्पत्ति तीव्र गतिमा बढेको हो।
फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झन्डै तीन गुणा बढी हुनसक्छ।




