क्वालालम्पुर, मलेसिया । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन च्याम्पियनसिप–२०२६ मा १८ राष्ट्रको सहभागिता रहेको उक्त्त खेलमा नेपाली कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल ९ पदक जित्न सफल भएको छ।
स्वर्ण पदक होम गुरुङले जितेका हुन् भने । रजत पदक अनिश थापा, प्रजोल थापा, राजेश तामाङ र अभिन परियारले जिते भने कांस्य पदक महेन्द्र थारु, पिंकी चौधरी, सोहन सिन्जाली र इशान घिमिरेले आफ्नो नाममा लेखाए।
जुन २५ देखि २८ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्ला तथा कराते क्लबका खेलाडीहरूले सहभागिता जनाएका थिए। टोलीमा खेलाडीसँगै प्रशिक्षक, रेफ्री र व्यवस्थापकको समेत सहभागिता रहेको थियो।
यस उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली करातेको स्तर र सम्भावनालाई थप उजागर गरेको छ भने पदक विजेता टोली जुलाई १ मा स्वदेश फर्किने क्रममा रहेको छ । उनीहरूको सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप उत्साह र आत्मविश्वास समेत बढाएको छ ।

