• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      १ दिन अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १ दिन अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १ दिन अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १ दिन अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      १ दिन अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      २ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ४ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ४ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ४ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ४ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ४ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ४ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ५ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ५ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ६ दिन अघि
    आज: २०८३ आश्विन ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    निःशुल्क क्यान्सर परीक्षण शिविरका ९० जना महिलामा एचपीभी डीएनएको रिपोर्ट, पोजेटिभ

  • लाईभ नेपाल
  • २०८३ अषाढ ३१, बुधबार (२ महिना अघि)
  • ४१२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ । २ हजार ७७९ जना महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्टमा पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणको प्रयोगशाला रिपोर्टमा १२ जनालाई एचपीभी १६, १३ जनालाई एचपीभी १८ र ६५ जनालाई १६ र १८ वाहेक अन्य एचपीभी पोजेटिभ देखिएको हो ।

    एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ । यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुनेछ गरेको थियो । यस वर्ष महानगरपालिकाले एचपीभी १६ र १८ वाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको हो । एचपीभी डीएनए पोजेटिभ हुनु क्यान्सर हुनु होइन ।

    यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । क्यान्सर परीक्षण गरिएका ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिनुभएको थियो । उहाँहरुमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुग्नुभयो । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न पुग्नुभएका मध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उहाँहरुमध्ये ४११ जनाको मेमोग्राम गरियो । ४९४ जनाको स्तनको भिडियो एक्सरे गरियो । उहाँहरुमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखियो । उहाँहरुमध्ये १ जना सम्पर्कमा नै आउनु भएन । २ जनाको रिपोर्ट पोजेटिभ देखियो । उहाँहरु अहिले उपचाररत हुनुहुन्छ ।

    १ जनाको स्तनमा मासु पलाएको पाइयो । ११ जनाको पाठेघरको मुखमा सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया देखियो । यो क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । ११ जनामध्ये ४ जनामा हाइ ग्रेडको समस्या र ७ जनामा लो ग्रेडको समस्या थियो ।

    २ जनाको पाठेघरको मुखमा मासु पलाएको मासु काटेर फाल्ने (सर्भाइकल पोलिपेक्टोमी) गरियो । परीक्षणका क्रममा आङ् खसेका, पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको महिलाहरुको उपचार गरियो । वडागत अवस्था वडा नं. २, १२, १७, १८, २० र २१ गरी ६ वटा वडाबाट परीक्षणमा गएका महिलाहरुको रिपोर्टमा पोजेटिभ देखिएन । सबैभन्दा धेरै वडा नं. २२ बाट ११ जनाको रिपोर्ट पोजेटिभ छ । त्यसपछि वडा नं. १६ मा ९ जना, वडा नं. १४ र १६ मा समान ७ जना, वडा नंं ७ मा ६ जनाको रिपोर्ट पोजेटिभ छ । पाठेघरको मुख र स्तन क्यान्सर ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ ।

    ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

    स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । १२ वर्ष अघि अर्थात् सानै उमेरमा महिनावारी हुनु, ढिलो उमेरमा (५५ वर्षपछि) महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिहरूको प्रयोग गर्नु, ३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु, सन्तानलाई स्तनपान नगराउनु, कहिल्यै गर्भवती नहुनु, अत्याधिक धुमपान गर्नु, मोटोपना, शारीरिक व्यायामको अभाव र अस्वस्थ्यकर खानपानलाई पनि क्यान्सरको कारणका रुपमा लिइन्छ ।

    स्तन वा काखीमुनि एउटा कडा, नदुख्ने र छाम्दा नहल्लिने गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख लक्षण हो । स्तनको आकारमा अचानक परिवर्तन आउनु, छाला रातो हुनु, खस्रो हुनु तथा सुन्तलाको बोक्रा जस्तो खस्रो हुनु, निप्पल भित्रतिर धसिनु, स्तनबाट तरल पदार्थ बग्नु जस्ता स्तन क्यान्सरका लक्षण हुन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    समाचार

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑