काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित र वार्ता तयारी भइरहेको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ । तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले घटेको छ।
रोयटर्सका अनुसार, आइतबार रातिसम्ममा ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य ४.०८ डलर ९४.६४ प्रतिशत० घटेर प्रति ब्यारेल ८३.८५ डलरमा पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य ४.०१ डलर (४.७४ प्रतिशत) घटेर प्रति ब्यारेल ८०.६६ डलरमा झरेको छ।
यसअघि, अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेपछि र इरानी सेनाले ओमान नजिकका केही तेल ट्यांकरहरूमाथि आक्रमण गरेपछि दुवै प्रकारका कच्चा तेलको मूल्य गत महिना २० प्रतिशतभन्दा बढीले बढेको थियो।

