• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      ४ घण्टा अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      ५ घण्टा अघि

      एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

      ७ घण्टा अघि

      प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

      ७ घण्टा अघि

      चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

      ७ घण्टा अघि

      गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

      ८ घण्टा अघि

      सुरुङ्गा नगरपालिकाका विद्यालय मंसिर र फागुनमा पनि आइतबार खुल्ने

      ८ घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

      ८ घण्टा अघि

      बागमती विश्वविद्यालयको एमबीएमा व्यावहारिक र अन्तर्राष्ट्रिय अवसर, मंसिर १८ गतेसम्म आवेदन खुला

      २ दिन अघि

      राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

      २ दिन अघि

      महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

      २ दिन अघि

      नेपालमै पहिलो पटक लेचर एन्टेना र आभा स्क्यानरसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      २ दिन अघि

      कार्तिक महिनामा मानवसेवा आश्रमद्वारा २३० जनाको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

      २ दिन अघि

      नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्न पर्याप्त

      २ दिन अघि

      विकासले विनाश गरिएका सांस्कृतिक सम्पदा पुनरुत्थान गर्दैछौँ : संयोजक, संगत

      २ दिन अघि
    आज: २०८३ मंसिर ६, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कोप–३१ मा नेपालको आग्रह : हिमाली संरक्षण र जलवायु उत्थानशीलताका लागि अनुदानमा आधारित वित्त बढाउन माग

  • लाईभ नेपाल
  • २०८३ कार्तिक २७, शुक्रबार (१ हफ्ता अघि)
  • १२४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । अन्ताल्या (टर्की) को आयोजित कोप–३१ अन्तर्गत नेपाल पेभेलियनमा उच्चस्तरीय छलफलमा जलवायु विज्ञ तथा सरोकारवालाहरूले हिमाली मुलुक र समुदायको संरक्षण तथा उत्थानशीलताका लागि पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। एनटीएनसीको अध्यक्ष समेत रहनुभएको मन्त्री चौधरीले हिमाल विश्वव्यापी सम्पदा भएको र तिनले नदीलाई पानी उपलब्ध गराउने, जीविकोपार्जनमा सहयोग गर्ने र पृथ्वीको पारिस्थितिकीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालको संरक्षण हाम्रो राष्ट्रिय कर्तव्य मात्र नभई साझा विश्वव्यापी उत्तरदायित्व पनि हो ।”

    विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका गम्भीर परिणाम भोग्नुपरेको उल्लेख गर्दै उहाँले हिमनदी पग्लिने, हिमताल विस्तार हुने, अतिवृष्टि, बाढी तथा पहिरोका घटना बढ्ने क्रमले हिमाली समुदायको जीवन र जीविकोपार्जनमा गम्भीर असर पारेको बताउनुभयो । गत अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्ले एउटा पर्वतीय प्रकोपले राष्ट्रिय अर्थतन्त्र र जनजीवनमा समेत व्यापक असर पार्न सक्ने देखाएको उहाँको भनाइ थियो ।

    उक्त विपद्पछिको पुनरुत्थानका लागि मात्रै करिब चार अर्ब ७८ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको र यो नेपालको कुल गार्हस्थ उत्पादनको करिब १० प्रतिशत बराबर रहेको उहाँले जानकारी दिनुभयो । विपद्बाट घरबारविहीन भएका, जीविकोपार्जन गुमाएका तथा आफन्त गुमाएका परिवारको क्षति आर्थिक सहायताले मात्र पूर्ति गर्न नसकिने उल्लेख गर्दै उहाँले जलवायु न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्राथमिकता प्रस्तुत गर्दै १।५ डिग्री सेल्सियसको तापक्रम सीमाको लक्ष्य कायम राख्न, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिन र जलवायु वित्तको प्रवाह बढाउनुपर्ने बताउनुभयो । नेपालको सगरमाथा संवादलाई आधार बनाउँदै पर्वतीय मुद्दामा नियमित उच्चस्तरीय संवाद र समर्पित पर्वतीय कार्य कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको प्रस्ताव थियो ।

    अनुकूलनको विश्वव्यापी लक्ष्य, जलवायु वित्त तथा हानि र नोक्सानीसम्बन्धी व्यवस्थामा पर्वतीय देशका प्राथमिकता समेटिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले हिमालको संरक्षण साझा विश्वव्यापी जिम्मेवारी भएको उल्लेख गर्दै जलवायु न्याय, १।५ डिग्री सेल्सियसको तापक्रम लक्ष्य, पर्वतीय मुद्दाको अन्तर्राष्ट्रिय मान्यता र जलवायु वित्त वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालको सन् २०२५–२०३५ सम्मको अनुकूलन वित्त आवश्यकता १८ देखि २० अर्ब अमेरिकी डलर रहेको जानकारी दिँदै विकसित राष्ट्रहरूलाई अनुदानमा आधारित सहयोग बढाउन आग्रह गर्नुभयो।

    कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, अनुकूलन कोष तथा चीनका प्रतिनिधिहरूले स्थानीय नेतृत्वमा आधारित अनुकूलन, समुदायसम्म जलवायु वित्तको प्रत्यक्ष पहुँच, प्रकृतिमा आधारित समाधान र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका थिए । विशेषगरी स्थानीय समुदायको सहभागिता, संस्थागत समन्वय र पारदर्शी वित्त परिचालनमार्फत हिमाली पारिस्थितिक प्रणाली तथा जीविकोपार्जनको संरक्षण गर्नुपर्नेमा जोड दिइको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

    गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

    समाचार

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑