काठमाडौं । नबिल बैंक यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंक, वित्तीय संस्था तथा बिमा कारोबार क्षेत्रमध्ये सबैभन्दा बढी कर दाखिला गरेबापत बैंक सम्मानित भएको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरे ।
नबिल बैंकले बैंक, वित्तीय संस्था तथा बिमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म नौ पटक सबैभन्दा बढी कर तिर्ने संस्थाको सम्मान प्राप्त गरिसकेको छ ।
यसअघि बैंकले आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८, २०७९/८० र २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको हो ।
सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

