काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बिहीबार सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।
बैंकका संस्थापक सेयरधनी कम्पनी महालक्ष्मी इन्भेष्टमेण्ट प्रालिकी सेयरधनी संगिता थापाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार उक्त सेयर सुरुमा विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि प्राथमिकता दिइएको थियो । तर, ३५ दिनको म्यादभित्र हाल कायम संस्थापक सेयरधनीबाट कुनै लिखित जानकारी नआएपछि राष्ट्र बैंकको निर्देशनबमोजिम अन्य व्यक्ति तथा संस्थाले समेत सेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

