• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      ४ घण्टा अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      ५ घण्टा अघि

      एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

      ७ घण्टा अघि

      प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

      ७ घण्टा अघि

      चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

      ७ घण्टा अघि

      गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

      ८ घण्टा अघि

      सुरुङ्गा नगरपालिकाका विद्यालय मंसिर र फागुनमा पनि आइतबार खुल्ने

      ८ घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

      ८ घण्टा अघि

      बागमती विश्वविद्यालयको एमबीएमा व्यावहारिक र अन्तर्राष्ट्रिय अवसर, मंसिर १८ गतेसम्म आवेदन खुला

      २ दिन अघि

      राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

      २ दिन अघि

      महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

      २ दिन अघि

      नेपालमै पहिलो पटक लेचर एन्टेना र आभा स्क्यानरसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      २ दिन अघि

      कार्तिक महिनामा मानवसेवा आश्रमद्वारा २३० जनाको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

      २ दिन अघि

      नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्न पर्याप्त

      २ दिन अघि

      विकासले विनाश गरिएका सांस्कृतिक सम्पदा पुनरुत्थान गर्दैछौँ : संयोजक, संगत

      २ दिन अघि
    आज: २०८३ मंसिर ६, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

  • लाईभ नेपाल
  • २०८३ मंसिर ४, शुक्रबार (२ दिन अघि)
  • ९०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • ४.३४५ किलोमिटरको केटीएफटी–१ खण्डमा दोहोरो सुरुङ र चार ठूला पुल, सञ्चालनपछि तराई–काठमाडौंको यात्रा दुई घण्टामा सीमित हुने अपेक्षा

    काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणअन्तर्गत महादेवटार सुरुङमा ब्रेकथ्रु भएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएसँगै राजधानी काठमाडौं र तराई–मधेशलाई छोटो दूरीमा जोड्ने देशकै पहिलो द्रुतमार्ग निर्माणले थप गति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुरुङ ब्रेकथ्रु समारोहलाई सम्बोधन गर्दै द्रुतमार्ग निर्माण सम्पन्न भएपछि नेपालको यातायात प्रणालीमा आमूल परिवर्तन आउने बताउनुभएको छ। उहाँले यस आयोजनाले काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरण, व्यापारिक गतिविधिको विस्तार र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। द्रुतमार्गको केटीएफटी–१ निर्माण खण्डअन्तर्गत करिब ४.३४५ किलोमिटर सडक संरचना निर्माण भइरहेको छ।

    इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ठेक्का पद्धतिमा निर्माण भइरहेको यस खण्डमा दोहोरो चार लेनको सडक, छुट्टाछुट्टै दुईवटा सुरुङ बोर, चारवटा ठूला पुल तथा आवश्यक सडक र सुरक्षा पूर्वाधार समावेश छन्। यस खण्डका सुरुङलाई आवागमनका लागि छुट्टाछुट्टै बायाँ र दायाँ बोरका रूपमा निर्माण गरिएको छ। बायाँ बोर ३.४८६ किलोमिटर र दायाँ बोर ३.४२२ किलोमिटर लामो छ। दुवै सुरुङको भित्री क्लियरेन्स ११ मिटर चौडा र पाँच मिटर अग्लो रहने प्राविधिक विवरणमा उल्लेख छ। छुट्टाछुट्टै बोर निर्माणले दुईतर्फी सवारी आवागमन व्यवस्थापन र सुरक्षालाई व्यवस्थित बनाउनेछ।

    सुरुङका दुवै छेउमा दुई–दुईवटा गरी चारवटा ठूला पुल निर्माणको व्यवस्था गरिएको छ। ती पुलका छुट्टाछुट्टै डेकको लम्बाइ २०० मिटर, २०० मिटर, ४०४ मिटर र ४३० मिटर रहेको छ। पुलको समग्र डेक चौडाइ १२.८० मिटर छ। बाँकी करिब ५४८ मिटर खण्डमा सडकको सबग्रेड तथा पेभमेन्ट निर्माण गरिनेछ। आयोजनामा सुरुङ र पुल निर्माणसँगै सडकको आधार संरचना, कालोपत्रे, प्रकाश व्यवस्था, इलेक्ट्रो–मेकानिकल उपकरण जडान, ट्राफिक सुरक्षा प्रणाली र सुरुङ व्यवस्थापन भवन निर्माणसमेत समावेश छन्। सुरुङ सञ्चालनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय संरचनालाई पनि निर्माणको अभिन्न अङ्ग बनाइएको छ।

    यस आयोजनाको ब्रेकथ्रु समारोह सुरुङ निर्माणको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम मात्र नभई नेपालको पूर्वाधार विकासमा आधुनिक प्रविधि र निर्माण क्षमताको प्रदर्शन गर्ने अवसरका रूपमा आयोजना गरिएको हो। यसले सुरुङ आयोजनाको महत्त्व, क्षेत्रीय आर्थिक विकासमा त्यसको योगदान र स्थानीय जनताको जीविकोपार्जनमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। त्यसैगरी सरकारी निकाय, निर्माण इकाइ, ठेकेदार कम्पनी र समाजका विभिन्न क्षेत्रबीच सञ्चार तथा सहकार्य सुदृढ गर्दै यातायात पूर्वाधार विकासलाई सामूहिक रूपमा अघि बढाउने उद्देश्य पनि समारोहले लिएको छ।

    सञ्चारमाध्यम र सामाजिक सहभागितामार्फत सुरुङ निर्माणमा आइपर्ने प्राविधिक कठिनाइ तथा चुनौतीबारे आम नागरिकलाई जानकारी गराउने र यस्ता राष्ट्रिय आयोजनाप्रति जनसमर्थन बढाउने लक्ष्य राखिएको छ। राष्ट्रपति पौडेलले नेपाली सेनाले विकट भौगोलिक अवस्था, जटिल भूगर्भिक बनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका पूर्वाधार निर्माणमा प्रदर्शन गरेको दक्षता, कार्यकुशलता र समर्पण प्रशंसनीय रहेको बताउनुभयो। द्रुतमार्गको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुल निर्माणसम्म नेपाली सेना अहोरात्र खटिएको उहाँको भनाइ थियो। उहाँले आधुनिक प्रविधिमा आधारित ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा बचत हुने बताउनुभयो।

    यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुका साथै पर्यटन, व्यापार, पारवहन र क्षेत्रीय आर्थिक गतिविधिलाई विस्तार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। द्रुतमार्गको आर्थिक महत्त्वबारे टनेल इन्जिनियर निर्मलमणि जोशीले पनि यसलाई तराई–काठमाडौंबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार हाल पृथ्वी राजमार्ग हुँदै तराईबाट काठमाडौं आउन करिब ६ देखि ७ घण्टा लाग्ने गरेकोमा फास्ट ट्र्याक सञ्चालनमा आएपछि करिब दुई घण्टामै यात्रा पूरा गर्न सकिने अपेक्षा छ। यसबाट तराईमा उत्पादन हुने तरकारी, फलफूल, खाद्यान्न तथा अन्य कृषि उपज काठमाडौंको बजारमा छिटो पुर्‍याउन सकिनेछ।

    ढुवानीमा लाग्ने समय र लागत घट्दा किसान तथा उत्पादकले बजारमा सहज पहुँच पाउने र उपभोक्ताले पनि ताजा वस्तु प्राप्त गर्न सक्ने सम्भावना रहनेछ। यसले उत्पादन, वितरण र बजारबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनेछ। राष्ट्रपति पौडेलले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी र सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

    आयोजनाको स्थलगत अवलोकनबाट यसको सफल कार्यान्वयनप्रति आफू विश्वस्त भएको उल्लेख गर्दै उहाँले निर्माणमा संलग्न सबै पक्षलाई प्रतिबद्धताका साथ काम गर्न आग्रह गर्नुभयो। द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं र तराई–मधेशबीचको आवागमन सहज हुनुका साथै नेपालको समग्र यातायात प्रणाली, व्यापारिक ढुवानी, पर्यटन र आर्थिक गतिविधिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

    चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ झीका अनुसार केटीएफटी–१ आयोजनाको निर्माण सुरु भएदेखि नै कम्पनीका निर्माणकर्मीहरूले विभिन्न चुनौतीको सामना गर्दै काम अघि बढाउँदै आएका छन्। जटिल भूगर्भीय अवस्था, वर्षायाममा निर्माण गर्नुपर्ने कठिनाइ, सुरक

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

    गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

    समाचार

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑