• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    शेयरधनीलाई खुशी बनाएको साताको पुँजीबजार

  • लाईभ नेपाल
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • १००४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । यो साता अर्थात्‌ चैत १७ गतेदेखि २९ गतेसम्मको अवधि नेपाली शेयर बजारका लगानीकर्ताका लागि सुखद रह्यो ।

    शेयर बजारमा चार दिन मात्र कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिनमात्र घट्यो । तर सामान्य अङ्कले घटेका कारण लगानीकर्ता खासै आत्तिनुपर्ने अवस्था रहेन ।

    हरियाली छाएको शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताभर समग्रमा ४० अङ्कले बढेको छ ।

    अघिल्लो साताको बिहीबार २६६३.३० बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म २७०३.३९ बिन्दुमा आइपुगेको छ । सातामा चार दिनमात्र कारोबार हुँदा बजार दैनिक औषतमा १० अङ्कले वृद्धि भएको छ ।

    यो साता कारोबारमा पनि सुधार आएको छ । समग्र सातामा २६ अर्ब ६५ करोड ५० लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ६ अर्ब ६६ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    बजार खुला रहेको चार दिन अवधिमा पाँच करोड २१ लाख ८९ हजार ८७५ कित्ता शेयर कारोबार हुँदा दैनिक औषतमा भने एक करोड ३० लाख ४७ हजार २९८ कित्ता शेयर किनबेच भएको छ ।

    यो सातामा दुई लाख ५५ हजार ८७५ पटक र दैनिक औषतमा ६३ हजार ९६९ पटक शेयर किनबेच भएको छ ।

    कुन दिन कस्तो थियो बजार ?

    साताको सुरुवातको दिन आइतबार नेप्सेमा हरियाली छायो । पहिलो दिन नेप्से २९.८२ अङ्कले बढेर २६९३.१२ बिन्दुमा पुग्यो ।

    आइतबार नेप्से १.११ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७१८.९५ बिन्दु र न्यूनतम २६५७.८८ बिन्दुबीच रह्यो ।

    सो दिन नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार रकममा पनि उल्लेखीय सुधार देखियो । आइतबार बजार बन्द हुँदा सात अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर ७६ हजार ३५४ पटक किनबेच भयो । आइतबार कारोबार अवधिभर ३२३ कम्पनीको शेयर किनबेच भएको थियो ।

    सोमबार मुस्लिम धर्मावलम्बीहरूको ठूलो चाड ईद परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सर्वजनिक बिदा हुँदा बैंक तथा वित्तीय संस्थासँगै नेप्सेमा कारोबार पनि बन्द भएको थियो ।

    एक दिनको बिदा पछि खुलेको बजारमा भने बजार बन्द हुँदा राताम्मे भयो । मङ्गलबार नेप्से १६.९५ अङ्कले घटेर परिसूचक पुनः २६७६.१७ बिन्दुमा झर्‍यो ।

    उक्त दिन नेप्से ०.६२ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६९६.५० बिन्दु र न्यूनतम २६५४.५७ बिन्दुमा पुगेको थियो ।

    मङ्गलबार नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको थियो । उक्त दिन पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँ एक करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक किनबेच भएको थियो । मङ्गलबार दिनभरमा ३२० वटा कम्पनी कारोबारमा आएको थियो ।

    एक दिन घटेको बजार बुधबार भने पुनः बढ्यो । बुधबार नेप्से २३.८६ अङ्कले बढेर २७०० बिन्दुमा आयो । उक्त दिन नेप्से ०.८९ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७१२.२५ बिन्दु र न्यूनतम २६६९ बिन्दुमा पुगेको थियो ।

    बजार बढ्दा पनि बुधबार कारोबार भने सामान्य नै रह्यो । बुधबार पाँच अर्ब ४४ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको एक करोड चार लाख ४२ हजार ५८३ कित्ता शेयर ५३ हजार ८८४ पटक कारोबार भएको थियो । उक्त दिन बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आएको थियो ।

    साताको अन्तिम शेयर बजार भने झिनो अङ्कको वृद्धिसहित बन्द भएको थियो । बिहीबार नेप्से ३.२३ अङ्कले बढेर २७०३.३९ बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.१२ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७३२.८५ बिन्दु र न्यूनतम २७००.२३ बिन्दुमा पुगेको थियो ।

    अन्तिम समयमा पनि बजार रातो हुन नसकेको बजारमा कारोबार भने उल्लेखीय वृद्धि भएको थियो । बिहीबार सात अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता शेयर ६९ हजार ८९ पटक किनबेच भएको थियो ।

    बिहीबार दिनभरमा ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑