चैत १९, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसिले जनपद प्रहरी बढुवा सन्दर्भमा नेपाल सरकारले ८ जना एसपी बढुवा गराउदा बरिष्ठतम सुचिका १ र ६ नम्बरका डीएसपी लाई पाखा पारेको आरोप लगाएका छन् ।
सोमबार बसेको संघिय संसदको बैठकमा शुन्य समयमा बोलेका सासद केसिले नेपाल प्रहरीको एसपी बढुवा सवालमा सत्ता निकटका प्रहरीको बढुवा गराउने होडमा दुइ योग्य प्रहरी अन्यायमा परेको बताएका हुन् ।
चैत्र १४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी जनपद समूहका १२ जना डीएसपि मध्य ८ जनालाई एसपीमा सरुवा गर्ने निर्णय गरेको थियो । जसमध्य १ नम्बर बरियतामा रहेका डीएसपी प्रदिप बहादुर क्षेत्रि र ६ नम्वर बरियतामा रहेका नारायण रञ्जितकार बढुवा सिफारिस सुचिमा परेका थिएनन् ।
सांसद केसिले संघिय संसदमा सोहि कुरा उठाउदै बढुवा समितिले गरेको उक्त नियोजित र अन्यायपुर्ण निर्णयले सरकारले लगाउने सुशासन रटानको समेत धज्जी उडेको बताएका हुन् । साथै केसिले खरबौ रकमको एनसेल प्रकरण र सुन काण्डको प्रतिबेदन अहिलेसम्म किन आएन भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।