साउन २१, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई अबैधानिक ढंगले बर्खास्ति गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कर्मचारी द्धोय कपिल आचार्य र भक्त बहादुर पुनलाई अबैधानिक ढंगबाट हटाईएको बताएका हुन् ।
शुन्य समयमा बोल्दै सरकारले गरेको उक्त निर्णय प्रति आपत्ति जनाएका सापकोटाले देशमा अटोक्रेसि चलाउन खोजेको भन्दै आशंका व्यक्त गरे । ‘म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहान्छु, भ्रत्सना गर्न चाहान्छु र संगै सरकार यो देशमा अटोक्रेसि चलाउन खोजेको छ भन्ने कुराको आशंका व्यक्त गर्न चाहान्छु’ । उनले भने ।
सरकारले आईतबार विद्युत महसुल विवादमा नोट अफ डिससेन्ट लेख्ने प्राधिकरणका संचालक आचार्य र पुनलाई हटाएको थियो । नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा टेकेरे विद्युत प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ । सरकारले सोही व्यवस्था अनुरूप सञ्चालक आचार्य र पुनलाई पदमुक्त गरिएको भन्दै विज्ञप्ति समेत निकालेको थियो ।