साउन २१, काठमाडौं । नेपाली कांग्रेसकि सांसद सुशीला थिङले पशुपति आर्यघाट र स्वयंभुमा लास जलाउने दाउराको मुल्यमा अस्वभाविक रुपले अन्तर रहेको बताएकि छन् ।
सोमबार प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले पशुपति आर्यघाटमा एउटा लास जलाउन करिब ४ हजार ८ सय लाग्ने तर एउटै लास जलाउन स्वयंभुमा १० हजार लाग्ने बताएकि हुन् । थिङले स्वयंभुको घाटमा बेचिने दाउराको मुल्य प्रति केजि रु २५ रहेको समेत बताईन् ।
‘एउटा लास जलाउन करिब ४ सय केजी दाउरा चाहिने रहेछ । पशुपति आर्यघाटमा लास जलाउन ४ हजार ८ सय रुपैयांले सकिदो रहेछ भने स्वयंभु घाटमा लास जलाउनको लागि यहि दरमा १० हजार लाग्ने रहेछ’ , उनले भनिन् । सांसद थिङले सरकारले पशुपति आर्यघाट र स्वयंभु घाटमा लास जलाउन बेचिने दाउराको मुल्य समान होस भन्दै माग समेत राखिन् ।