भदौ २२, भारत । कृष्णपुर युवा क्लवले आयोजना गरेको हरि तालिका तीज सांस्कृतिक कार्यक्रम २०८१ पूणे क्याम्पको बाबासाहेब अम्बेडकर संस्कृत भवनमा महिला दिदि बहिनीहरुले नाचगान गरी सम्पन्न गरेका छन् ।
उक्त कार्यक्रम गर्नुको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नु रहेको र आप्रवासी महिलाहरुलाई एकिकृत गरी एकता कायम गर्नु रहेको समाजसेवी तथा सम्मानिय व्यक्तित्व रूपेश वि क ले जनाएका छन् । उक्त कार्यक्रममा ओन डाईरेक्सन फोटोग्राफी र भिडियोग्राफिले संयोजकको कार्य गरेको थियो ।