• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

      १५ घण्टा अघि

      British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

      १५ घण्टा अघि

      पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

      १५ घण्टा अघि

      जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

      १५ घण्टा अघि

      आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

      १५ घण्टा अघि

      नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

      १ दिन अघि

      कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

      १ दिन अघि

      स्वदेश फर्किएलगत्तै देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

      १ दिन अघि

      Eighteen Grade VII–IX Student Teams Build Real AI Solutions for Real Kathmandu Businesses in Historic Three-Week Sprint

      १ दिन अघि

      नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

      १ दिन अघि

      सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

      १ दिन अघि

      आज पनि सेयर बजार स्थिर, कारोबार रकम घट्यो

      २ दिन अघि

      अब एउटै प्लेटफर्मबाट बैंकिङ, क्यूआर पेमेन्ट र ऋण सेवा

      २ दिन अघि

      सरकारी कार्यालयका निवेदन अब एउटै ढाँचामा, डिजिटल प्रणालीमा पनि प्रयोग गर्न मिल्ने

      २ दिन अघि

      PM Shah’s Diplomatic Shift: Engaging India and China

      २ दिन अघि
    आज: २०८३ श्रावण ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    गैर आवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ –२०२४ सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ कार्तिक १४, बुधबार (१ साल अघि)
  • १०९८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । गैरआवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ–२०२४ गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सन् २०२४ को २७ र २८ अक्टोबरमा “रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता“ भन्ने नारासहित सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रममा गृहमन्त्री श्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, युवा तथा खेलकुदमन्त्री श्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे लगायत संघीय, प्रदेश, र स्थानीय तहका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू,सञ्चारकर्मीहरू तथा ६० भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    गैरआवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ २०२४ मा विभिन्न ७ सत्रमा प्रस्तुत निष्कर्षहरू निम्नानुसार रहेका छन् ।

    १. वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने हाम्रो अपेक्षा भएतापनि केही हदसम्म गैरआवासीय नेपाली नागरिकता वितरण प्रकृयाले सकारात्मक सन्देश दिएको छ । तर नेपालको संविधान २०७२ को धारा १४ को कार्यान्वयनमा नागरिकता ऐन २०६३ र नागरिकता नियमावली २०६३ संशोधनपछि पनि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा गैरआवासीय नेपालीहरूमा निराशा थपिएको छ । यसर्थ गैरआवासीय नेपाली नागरिकता प्रयोजनको लागि आवश्यक कानूनहरु एकमुष्ट रुपमा संशोधन यथासक्य चाँडै गर्न अनुरोध गर्दछौँ । यसका साथै नेपालमा सम्पत्ति (विशेषतः पैतृक सम्पत्ति) प्राप्त तथा खरिद गर्न मालपोत कार्यालयहरूमा आवश्यक परिपत्र जारी गरी जग्गाधनी प्रमाणपत्रमा गैरआवासीय नेपाली नागरिकताको विवरण समावेश गर्ने प्रक्रिया सहज बनाउन आग्रह गर्दछौं ।

    २. एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको छ । गैरआवासीय नेपालीको साना तथा मझौला लगानीलाई नेपालमा ल्याउन नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै, अन्य कानूनी सुधारका लागि अपेक्षा व्यक्त गर्दछौं। यसबाट रोजगारी सिर्जना, उद्यमशीलता, पूर्वाधार विकास, र जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।

    ३. वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष जनशक्ति मात्र विदेश पठाउने, गन्तव्य देशको परिवेशअनुसार सचेतना प्रवाह गर्ने, र श्रम सम्झौता भएको देशसँग सम्झौता नवीकरण तथा नयाँ सम्भावित गन्तव्यसँग श्रम सम्झौता गर्न संघ नेपाल सरकारसँग आग्रह गर्दछ। साथै वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषसँग सहकार्यमा तत्काल आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्न संघ अनुरोध गर्दछ ।

    ४. गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध छ। यसलाई साकार बनाउन सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौं । गैरआवासीय नेपाली नागरिकलाई आन्तरिक उडानमा विदेशी सरह कायम गरिएको हवाई भाडादर नेपाली नागरिक सरह गर्न अनुरोध गर्दछौँ ।

    ५. जलवायु परिवर्तनले महिला तथा बालबालिकालाई पारेको नकारात्मक असर न्यूनिकरण लागि नेपाल सरकारसँग आवश्यक नीति नियम निर्माणको लागि आग्रह गर्दै गैरआवासीय नेपाली संघ महिला तथा बालबालिकाको क्षेत्रमा नेपाल सरकारसँग जलवायु परिवर्तनको असर न्यूनिकरणको क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

    ६. विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन आग्रह गर्ने ।
    ७. थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका देशहरुमा रहनुभएका नेपाली मुलका ५ लाख भन्दा बढी नेपालीहरु नेपाली मूलका विदेशी नागरिक एल्इुक को पहिचान९परिचयपत्र० को लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।

    ८. समानताको माग गरिरहेका पूर्व गोर्खाज्हरुको मागप्रति यो कन्क्लेभ एक्येबद्धता जाहेर गर्दछ । नेपाल सरकार र बेलायत सरकारबीच जारी जीटुजी वार्ता विभिन्न कारणबस् तार्किक निष्कर्षमा नपुगिरहेकोले परराष्ट्र मन्त्रीस्तरीय वार्ताको वातावरण निर्माण गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौँ । जीटुजी वार्ता समूहमा गैरआवासीय नेपाली संघ अन्र्तगतको गोर्खा टाक्सफोर्सका प्रतिनिधिलाई संलग्न गराउन नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ ।

    ९. विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चित गरी संघीय निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसँग अनुरोध गर्दछौँ ।

    १०. बहुसंख्यक नेपालीहरू रहेका पोर्चुगल, क्रोएशिया, रोमानिया, माल्टा, इराक (कुर्दिस्तान), टर्की लगायतका देशहरूमा दूतावास तथा कन्सुलर सेवा स्थापना गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।

    ११. विगत १० वर्षको अवधिमा मात्रै परोपकारको क्षेत्रमा एक अर्ब रुपैयाँ परिचालन भएको छ। । यो कार्यकालको पहिलो वर्षमा ३ करोड रुपैयाँ परोपकार लागि परिचालन गरिएकोे छ । ।यसका साथै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प र अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण प्रभावित विभिन्न जिल्लामा राहत वितरण गरिएको छ । प्रधानमन्त्री विपद कोषमा रु ५१ लाख प्रदान गरिएको छ । परोपकारका कार्यलाई थप निरन्तरता दिँदै एक एनसीसी एक परियोजना अन्तर्गत सन् २०२५ अक्टोबरसम्म नेपालका शिक्षा, स्वास्थ्य, र मानव कल्याणका क्षेत्रमा कम्तिमा ५० परियोजनाहरू कार्यान्वयन गर्ने घोषणा भएको छ । यसपूर्व सुदुरपश्चिम, कोशी, मधेश र बागमति प्रदेशमा मोबाइल ब्लड बस वितरण गरिसकिएकोमा अब गण्डकी, कर्णाली र काठमाण्डौँमा तीन वटा ब्लड बस प्रदान गरिनेछ । साथै सडक बालबालिकाको संरक्षणका लागि विशेष परियोजनालाई निरन्तरता दिइने घोषणा गर्दछौँ ।

    १२. संस्थाको विकास र परिस्कृत प्रक्रियामा, विशेषतः रुपान्तरण र निर्वाचनका क्रममा उत्पन्न मतभेदहरूको विश्लेषण गर्दै, रुपान्तरण प्रक्रियालाई सहज र एकताको लागि संस्थाका विभिन्न तहमो छलफल र विचार–विमर्श गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै, संघको व्यापक हितका लागि यसै वर्ष भएको सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै एकबद्ध भई काम गर्न आह्वान गर्दछौँ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

    नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

    समाचार

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑