• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २0 घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २0 घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २0 घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २१ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    पर्यटनमन्त्रीबाट मध्यरातमा त्रिभुवन विमानस्थलको अवलोकन

  • लाईभ नेपाल
  • २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
  • २१२०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ ।

    गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गएराति पर्यटनमन्त्री पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।

    प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।

    विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।

    पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।

    पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिए । विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उनको भनाइ छ ।

    विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए । उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ ।

    विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ ।

    नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

    मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।

    काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑