• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

      १२ घण्टा अघि

      एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

      १९ घण्टा अघि

      एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

      २0 घण्टा अघि

      सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

      १ दिन अघि

      साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

      १ दिन अघि

      भ्रष्टाचारको अडियो प्रकरणमा मन्त्री अधिकारीको प्रतिवाद: ‘स्वार्थ नमानेपछि षड्यन्त्र भयो’

      १ दिन अघि

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल

      १ दिन अघि

      आजदेखि धरहरा १२ घण्टा खुला

      १ दिन अघि

      टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

      १ दिन अघि

      पुटिनप्रति ट्रम्पको गहिरो निराशा: “अहिलेसम्म निराश छु, तर सम्बन्ध अन्त्य भएको छैन”

      १ दिन अघि

      “गरिबमाथि संकटकालीन लुट स्वीकार्य छैन” — स्वास्थ्यमन्त्री पौडेलको डेंगु परीक्षणमा शुल्क नियन्त्रणको चेतावनी

      १ दिन अघि

      खानेपानी संकटसँग जुध्न वारुणयन्त्रको सहारा: मधेश सरकारको राहत अभियान वीरगञ्जमा सक्रिय

      १ दिन अघि

      नेपाल लाइफद्वारा रु १०,००,००,००,००० प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

      १ दिन अघि

      आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा अब, खल्ती बाइ आइएमई : ‘Khalti by IME’

      १ दिन अघि

      धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

      १ दिन अघि
    आज: २०८२ श्रावण २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    पर्यटनमन्त्रीबाट मध्यरातमा त्रिभुवन विमानस्थलको अवलोकन

  • लाईभ नेपाल
  • २०८१ मंसिर १८, मंगलबार (७ महिना अघि)
  • ८४६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ ।

    गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गएराति पर्यटनमन्त्री पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।

    प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।

    विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।

    पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।

    पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिए । विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उनको भनाइ छ ।

    विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए । उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ ।

    विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ ।

    नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

    मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।

    काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

    एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

    सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

    साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

    भ्रष्टाचारको अडियो प्रकरणमा मन्त्री अधिकारीको प्रतिवाद: ‘स्वार्थ नमानेपछि षड्यन्त्र भयो’

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल

    समाचार

    एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

    एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

    सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

    साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑