• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

      ४ घण्टा अघि

      रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

      ४ घण्टा अघि

      कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

      ५ घण्टा अघि

      पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

      ५ घण्टा अघि

      सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

      ५ घण्टा अघि

      कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

      ६ घण्टा अघि

      देशकै कान्छा केन्द्रीय सदस्यका आकांक्षी आकाश जेठारा: बाल्यकालदेखि नेतृत्वको अभ्यासमा

      ६ घण्टा अघि

      काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

      २३ घण्टा अघि

      सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकमा मधेश केन्द्रित दलको असहमति

      २३ घण्टा अघि

      त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

      २३ घण्टा अघि

      सन् २०२४ मा शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि, राष्ट्र बैंकको एफआईयू रिपोर्ट सार्वजनिक

      २३ घण्टा अघि

      गृहका सहसचिव भट्टराई पक्राउ

      २३ घण्टा अघि

      ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

      २३ घण्टा अघि

      ई–पासपोर्ट ठेक्कामा गम्भीर अनियमितता : प्राविधिक अयोग्य देखिएको फ्रेन्च कम्पनी IDEMIA लाई नियमविपरीत बहु अर्बको ठेक्का

      २३ घण्टा अघि

      उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

      २३ घण्टा अघि
    आज: २०८२ जेष्ठ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नागरिक अस्पतालले ल्यायो अत्याधुनिक उपकरण सहितको लेभल–३ आईसीयू सञ्चालनमा

  • लाईभ नेपाल
  • २०८१ पौष २५, बिहिबार (४ महिना अघि)
  • २९४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • २५ पुस, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालले अत्याधुनिक उपकरण सहितको लेभल ३ आईसीयू सञ्चालनमा ल्याएको छ । ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि लेभल–३ आईसीयू सेवा सञ्चालनमा आएको हो ।

    सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्पताल पुगी थपिएको नयाँ सेवाको उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै उनले स्थानीय नागरिकको पहुँचमा सेवा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘समुदायलाई आफ्नो महसुस गराउने कोशिश गर्नुहोला । त्यसका लागि अस्पताल समुदायको पहुँचमा हुुनुपर्छ ।’

     

    उनले गरीव तथा विपन्नका लागि १० प्रतिशत शैय्या निशुल्क हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निजी अस्पतालहरुलाई आग्रह गर्दै सो सुविधा अन्तर्गत सेवा लिनेको नाम र फोटो समेत सार्वजनिक गर्न समेत आग्रह गरे ।

    उनले गुणस्तरीय स्वास्थ्यका लागि आफू प्रतिवद्ध रहेको दोहोरयाँउदै स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने योजनामा सरकार अघि बढेको बताए ।

    ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्र सहयोगी बनेको बताए । निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा स्वास्थ्य संस्था वा अस्पतालहरुको ग्रेडिङ गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनुपर्छ । बेडका आधारमा अस्पताल छुट्याउने प्रणाली पुरानो भयो। अब दिने सेवाका आधार छुट्याउनुपर्छ। त्यो अनुसार शुल्क पनि सरकारले नै तोकोस्। यसले बिरामी आफू कस्तो अस्पताल गइहेको छु भन्ने प्रस्ट हुन्छ ।’

    आफू सरकारको सहयोगीका रुपमा रहेको बताउँदै कानुनको अक्षरस पालना गर्ने उल्लेख गरे ।

    उनले आफू नागरिकको निगरानीमा सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको समेत उल्लेख गरे ।

    मध्यपुर थिमी नगरपालिकाका उपमेयर सुरेन्द्र श्रेष्ठले सरकारी अस्पतालले मात्रै नथेगिरहेको अवस्थामा नागरिक अस्पतालले भरथेग गर्ने बताए ।

    उनले थपे, ‘नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा आधुनिक उपकरणसहित राम्रो सेवा दिने कोशिस गरिरहेको छ । अस्पतालमा ६ वटा आईसीयू छन् तर धान्न सकेको छैन । हामी थप गर्दैछौं। यो अस्पतालले पनि सेवा दिँदा थप सहयोग पुग्नेछ ।’

    आइसियु विशेषज्ञ डा। अर्जुन कार्कीले आईसीयूमा भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा रहेको उल्लेख गरे । तर, त्यस्तो नभइ बिरामीलाई उपचार गरेर निको पार्न त्यहाँ राखिने गरेको र धेरै बिरामी निको भएर जाने गरेको बताए । उनले त्यसबारे बताउँदै थपे, ‘आईसीयूमा हामी त्यस्ता बिरामी राख्छौं, जसको कुन अंगले काम गर्न छाड्ने संकेत गर्छ वा छाडेको हुन्छ । त्यहाँ रहेका उपकरणबाट हस्तक्षेपकारी उपचार गरेर खतरामुक्त बनाइन्छ ।’

    अस्पतालका मेडिकल डाइरेक्टर डा। कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधिनक उपकरणयुक्त बनाइरहेको बताए । उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरु रहेको जानकारी दिए ।

    ह्याम्स अस्पताल सञ्चालन गर्ने आरएस भण्डारी समूहले गत भदौ ताक मध्यपुर थिमि–३ गठ्ठाघरमा रहेको १ सय शय्याको नागरिक हस्पिटलको ४३ प्रतिशत सेयर स्वामित्व खरिद गरेको थियो । सो समूहले नागरिक हस्पिटल र नागरिक कलेज अफ हेल्थ साइन्सको ४३ प्रतिशत सेयर ९ करोड ९१ लाख रुपैयाँमा खरिद गरेको थियो ।

    नागरिकसँग हाल १ सय शय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र तीन तलाको नागरिक कलेज अफ हेल्थ साइन्सको सम्पति छ । नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएससी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

    कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

    समाचार

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑