• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      १९ मिनेट अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      १ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      १ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      १ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      १ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      १ दिन अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      १ दिन अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि
    आज: २०८३ भाद्र २५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नागरिक अस्पतालले ल्यायो अत्याधुनिक उपकरण सहितको लेभल–३ आईसीयू सञ्चालनमा

  • लाईभ नेपाल
  • २०८१ पौष २५, बिहिबार (१ साल अघि)
  • ११०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • २५ पुस, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालले अत्याधुनिक उपकरण सहितको लेभल ३ आईसीयू सञ्चालनमा ल्याएको छ । ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि लेभल–३ आईसीयू सेवा सञ्चालनमा आएको हो ।

    सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्पताल पुगी थपिएको नयाँ सेवाको उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै उनले स्थानीय नागरिकको पहुँचमा सेवा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘समुदायलाई आफ्नो महसुस गराउने कोशिश गर्नुहोला । त्यसका लागि अस्पताल समुदायको पहुँचमा हुुनुपर्छ ।’

     

    उनले गरीव तथा विपन्नका लागि १० प्रतिशत शैय्या निशुल्क हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निजी अस्पतालहरुलाई आग्रह गर्दै सो सुविधा अन्तर्गत सेवा लिनेको नाम र फोटो समेत सार्वजनिक गर्न समेत आग्रह गरे ।

    उनले गुणस्तरीय स्वास्थ्यका लागि आफू प्रतिवद्ध रहेको दोहोरयाँउदै स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने योजनामा सरकार अघि बढेको बताए ।

    ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्र सहयोगी बनेको बताए । निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा स्वास्थ्य संस्था वा अस्पतालहरुको ग्रेडिङ गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनुपर्छ । बेडका आधारमा अस्पताल छुट्याउने प्रणाली पुरानो भयो। अब दिने सेवाका आधार छुट्याउनुपर्छ। त्यो अनुसार शुल्क पनि सरकारले नै तोकोस्। यसले बिरामी आफू कस्तो अस्पताल गइहेको छु भन्ने प्रस्ट हुन्छ ।’

    आफू सरकारको सहयोगीका रुपमा रहेको बताउँदै कानुनको अक्षरस पालना गर्ने उल्लेख गरे ।

    उनले आफू नागरिकको निगरानीमा सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको समेत उल्लेख गरे ।

    मध्यपुर थिमी नगरपालिकाका उपमेयर सुरेन्द्र श्रेष्ठले सरकारी अस्पतालले मात्रै नथेगिरहेको अवस्थामा नागरिक अस्पतालले भरथेग गर्ने बताए ।

    उनले थपे, ‘नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा आधुनिक उपकरणसहित राम्रो सेवा दिने कोशिस गरिरहेको छ । अस्पतालमा ६ वटा आईसीयू छन् तर धान्न सकेको छैन । हामी थप गर्दैछौं। यो अस्पतालले पनि सेवा दिँदा थप सहयोग पुग्नेछ ।’

    आइसियु विशेषज्ञ डा। अर्जुन कार्कीले आईसीयूमा भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा रहेको उल्लेख गरे । तर, त्यस्तो नभइ बिरामीलाई उपचार गरेर निको पार्न त्यहाँ राखिने गरेको र धेरै बिरामी निको भएर जाने गरेको बताए । उनले त्यसबारे बताउँदै थपे, ‘आईसीयूमा हामी त्यस्ता बिरामी राख्छौं, जसको कुन अंगले काम गर्न छाड्ने संकेत गर्छ वा छाडेको हुन्छ । त्यहाँ रहेका उपकरणबाट हस्तक्षेपकारी उपचार गरेर खतरामुक्त बनाइन्छ ।’

    अस्पतालका मेडिकल डाइरेक्टर डा। कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधिनक उपकरणयुक्त बनाइरहेको बताए । उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरु रहेको जानकारी दिए ।

    ह्याम्स अस्पताल सञ्चालन गर्ने आरएस भण्डारी समूहले गत भदौ ताक मध्यपुर थिमि–३ गठ्ठाघरमा रहेको १ सय शय्याको नागरिक हस्पिटलको ४३ प्रतिशत सेयर स्वामित्व खरिद गरेको थियो । सो समूहले नागरिक हस्पिटल र नागरिक कलेज अफ हेल्थ साइन्सको ४३ प्रतिशत सेयर ९ करोड ९१ लाख रुपैयाँमा खरिद गरेको थियो ।

    नागरिकसँग हाल १ सय शय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र तीन तलाको नागरिक कलेज अफ हेल्थ साइन्सको सम्पति छ । नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएससी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    समाचार

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑