• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    २० औं फेवा नव वर्ष महोत्सव २०८२ : पर्यटन, संस्कृति र खानाको संगम

  • लाईभ नेपाल
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • १५००५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • काठमाडाैं, २२ चैत्र । नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा “२० औं फेवा नव वर्ष महोत्सव २०८२” को भव्य तयारी भइरहेको छ। यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा ताल किनारको करिब ३ कि.मी. क्षेत्र रहेको लेकसाइड सडकमा महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ।

    नेपाली नव वर्षको उल्लासमय सुरुवात

    नेपालको मौलिक संस्कृति प्रवर्द्धन गर्दै नयाँ वर्षलाई उल्लासमय बनाउन महोत्सवको शुभारम्भ सांस्कृतिक झाँकी प्रदर्शनबाट गरिनेछ। यस अवसरमा नेपाली खानाको विशेष प्रदर्शनी तथा प्रवर्द्धन गरिनेछ। महोत्सव अवधिभर पोखरा आउने पर्यटकहरूका लागि होटल संघ नेपाल अन्तर्गतका होटलहरूमा प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। अन्य व्यवसायी तथा पर्यटकीय प्रतिष्ठानहरूले समेत विशेष छुट तथा सहुलियत प्रदान गर्नेछन्।

    पर्यटन प्रवर्द्धन र आर्थिक चलायमानता

    पोखराको पर्यटन प्रवर्द्धन गर्दै पर्यटकहरूको बसाई अवधि लम्ब्याउने तथा आर्थिक चलायमानता वृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले पूर्वी नेपालका विभिन्न प्रमुख शहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरी फेवा महोत्सवमा सहभागिताका लागि आमन्त्रण गरिसकेको छ। साथै, ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’ जस्ता विभिन्न पर्यटकीय प्याकेजहरू घोषणा गरिएका छन्।

    पोखरा भ्रमण वर्ष २०२५ को तयारी

    पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरिसकेको सन्दर्भमा, यस महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरिनुका साथै क्षेत्रीय संयोजकहरू समेत तोकिएका छन्।

    महोत्सवका मुख्य आकर्षणहरू

    महोत्सवमा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्, जसमा निम्न विशेष आकर्षणहरू रहनेछन्:

    १. प्रदेश स्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी

    २. सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता

    ३. पर्यटक दौड प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा पप कन्सर्ट

    ४. व्याडमिन्टन कप तथा लोक दोहोरी कार्यक्रम

    ५. कृषिजन्य तथा हस्तकलाका उत्पादनहरूको प्रदर्शनी

    प्रायोजक तथा सहयोगी संस्था

    महोत्सवका मुख्य प्रायोजक ‘गोर्खा ब्रुअरी प्रा.लि.’ तथा सह-प्रायोजकहरू ‘वरुण बेभरेज लि.’ को पेप्सी रहेका छन्। अन्य प्रायोजकहरूमा ‘बन्दीपुर केवलकार लि.’, ‘फोन पे’, ‘अन्नपूर्ण केवलकार लि.’, ‘टोकला चिया’ रहेका छन् भने इन्सुरेन्स पार्टनरमा ‘प्रभु इन्सुरेन्स कम्पनी’ रहनेछ। महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका रहेका छन्। साथै, होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको विशेष सहयोग रहनेछ।

    पोखरा भ्रमणका विशेष प्याकेजहरू

    १. घुमघाम पोखरा प्याकेज (२ रात ३ दिन)

    १. एयरपोर्ट/टुरिस्ट बसपार्कबाट पिकअप तथा ड्रप

    २. आगमनमा स्वागत पेय

    ३. दुई रातको लागि ब्रेकफास्ट सहितको ट्विन वा डबल रूम

    ४. पोखरा उपत्यकामा आधा दिन घुमफिर तथा फेवा तालमा एक घण्टा बोटिङ

    मूल्य: न्यूनतम रू. ४,९९० प्रति व्यक्ति, अधिकतम रू. १३,३९० प्रति व्यक्ति (ट्विन सेयरिङ आधारमा)

    २. शैक्षिक भ्रमण पोखरा प्याकेज (२ रात ३ दिन)

    १. न्यूनतम ३० जना विद्यार्थी आवश्यक

    २. तीन जनाको साझा कोठा ब्रेकफास्ट सहित

    ३. पोखरा उपत्यकाको आधा दिन घुमफिर तथा फेवा तालमा एक घण्टा बोटिङ

    मूल्य: न्यूनतम रू. २,९५० प्रति व्यक्ति (ट्रिपल सेयरिङ आधारमा)

    (शिक्षक वा टुर एस्कर्टलाई निःशुल्क सेवा प्रदान गरिने)

    ३. मधुमास पोखरा प्याकेज (२ रात ३ दिन)

    १. एयरपोर्ट/टुरिस्ट बसपार्कबाट पिकअप तथा ड्रप

    २. स्वागत पेय

    ३. दुई रातको लागि ब्रेकफास्ट र डिनर सहितको डबल रूम

    ४. पोखरा उपत्यकाको आधा दिन घुमफिर तथा फेवा तालमा एक घण्टा बोटिङ

    मूल्य: न्यूनतम रू. ६,५५० प्रति व्यक्ति, अधिकतम रू. १८,४४० प्रति व्यक्ति

    ४. मुक्तिनाथ दर्शन प्याकेज (३ रात ४ दिन)

    १. न्यूनतम ६ जना समूह आवश्यक

    २. पोखरा आगमनपछि आधा दिन सिटी टूर

    ३. निजी गाडीमार्फत जोमसोम यात्रा तथा मुक्तिनाथ दर्शन

    ४. पोखरामा एक रात बसाइपछि टुरिस्ट बस वा उडानमार्फत फर्कने

    मूल्य: न्यूनतम रू. १५,४९९ प्रति व्यक्ति, अधिकतम रू. २२,४९९ प्रति व्यक्ति

    ५. घोरेपानी–गान्द्रुक ट्रेकिङ प्याकेज (३ रात ४ दिन)

    १. न्यूनतम ७ जना समूह आवश्यक

    २. ट्रेकिङ अवधिभर नास्ता, खाना, डिनर, ट्रान्सपोर्ट तथा गाइड सेवा समावेश

    ३. पोखराबाट घोरेपानी – ताडापानी – गान्द्रुक हुँदै पोखरा फर्कने

    मूल्य: न्यूनतम रू. १७,००० प्रति व्यक्ति, अधिकतम रू. २६,००० प्रति व्यक्ति

    हार्दिक निमन्त्रणा!

    नेपाली नयाँ वर्ष २०८२ लाई उल्लासमय बनाउने तथा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस भव्य महोत्सवमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, नेपाली संस्कृति, खानपान, पर्यटन र मनोरञ्जनको संगम ‘फेवा नव वर्ष महोत्सव २०८२’ मा सहभागी बनौं!

    जाउँ है पोखरा!

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑