• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      ३ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      ३ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      ३ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      ३ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      ४ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      ४ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      ४ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      ४ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      ४ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      ४ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      ४ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    स्थिर व्याजदरमा उत्पादनमुखी कर्जा: आयोगको बहुआयामिक सुझावले खोल्यो बैकिङ् क्षेत्रको सुधारको बाटो

  • लाईभ नेपाल
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • १५७१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । नेपालको वित्तीय प्रणाली सुधारका लागि गठित उच्चस्तरीय आर्थिक सुझाव आयोगले बैकिङ् क्षेत्रका गहिरा समस्या पहिचान गर्दै, स्थायीत्व, समावेशिता र उत्पादनमुखी कर्जा प्रवाहमा केन्द्रित बहुआयामिक सुझाव सरकारलाई पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पेश गरेको प्रतिवेदनमा उत्पादनशील क्षेत्रमा एकल अंकको स्थिर व्याजदरमा कर्जा सुनिश्चित गर्नुपर्ने, विनिमय दरको स्थायित्व, तरलताको उतारचढाव, सहकारी समस्या, कर्जा सूचनाको अभाव, र क्रेडिट स्कोरिङ जस्ता विषयमा ठोस सुझावहरू समावेश गरिएका छन्।

    उत्पादनशील कर्जामा स्थिर र न्यून व्याजदरको आवश्यकता

    बैंकहरूले उच्च जोखिमको आभासका कारण स्थिर व्याजदरमा कर्जा प्रवाह नगरेको र निजी क्षेत्रलाई यससम्बन्धी जानकारीको अभाव भएको आयोगको ठहर छ। यद्यपि, केही संवेदनशील र प्राथमिकता प्राप्त क्षेत्रका लागि एकल अंकको स्थिर व्याजदर उपलब्ध गराइएमा उत्पादनशील क्षेत्रमा कर्जा विस्तार हुने अपेक्षा गरिएको छ।

    विनिमय दर स्थिर भए पनि आन्तरिक प्रभाव उच्च

    भारतीय मुद्रासँग स्थिर विनिमय दर भए पनि बाह्य क्षेत्रमा आएको दवावले बैंकिङ् प्रणालीको तरलता प्रभावित बनाउँदै व्याजदरमा चाप सिर्जना गरेको आयोगले उल्लेख गरेको छ। कोभिडपछि ब्याजदरको तीव्र वृद्धिले ऋणीहरूमा थप दबाब बढेको छ।

    धितो प्रणालीको जटिलता र स्टार्टअपको पहुँच अभाव

    परियोजना धितोको सट्टा घरजग्गा धितोमा मात्र कर्जा लगानी गर्ने प्रवृत्तिले स्टार्टअप र युवा उद्यमीहरू कर्जाबाट वञ्चित भएका छन्। बैंकहरूले जोखिमयुक्त ठहरिने विना-धितो कर्जा प्रवाह गर्न नचाहेकाले क्रेडिट स्कोरिङ प्रणाली लागू गर्नुपर्ने आयोगको सुझाव छ।

    कर्जा सूचना प्रणालीको विस्तार र एकीकरण

    हाल वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा सूचना एकीकृत रूपमा राखिए पनि लघुवित्त र सहकारीको सूचना अलग राखिँदै आएको छ। नयाँ अध्यादेशअनुसार सहकारीहरूको सूचना पनि एउटै प्रणालीभित्र ल्याउने व्यवस्था गरिएको छ।

    निक्षेप बीमा प्रणालीको सुधार

    ५ लाख रुपैयाँसम्मको निक्षेप बीमा गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषको बीमा क्षमता, लगानी विविधिकरण, र पुनर्बीमा प्रणालीमा सुधार गरी बैंकिङ् स्थायीत्वमा थप मजबूती ल्याउनुपर्ने सुझाव आयोगले दिएको छ।

    घरजग्गा कर्जाको जोखिम र बजारको उतारचढाव

    घरजग्गाको मूल्यमा आएको गिरावट र बजार शिथिलताले बैंकको कर्जा असुली प्रक्रियामा गम्भीर असर पारेको छ। घरजग्गा आधारित धितो प्रणालीलाई विविध बनाउनुपर्ने र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा आयोगको जोड छ।

    सहकारी संकट र बैंकिङ् क्षेत्रको असर

    सहकारीमा देखिएको अव्यवस्था, नियमनको कमजोरी र ऋणीहरूको दोहोरो ऋण लिने प्रवृत्तिले बैंकको ऋण असुली प्रक्रियालाई समेत प्रभावित बनाएको उल्लेख गर्दै आयोगले सहकारी नियमन प्राधिकरणलाई थप अधिकार र क्षमता दिनुपर्ने सुझाव दिएको छ।

    वित्तीय साधन उत्पादनतर्फ मोड्न आवश्यक

    घरजग्गा र आयातमा सीमित कर्जा प्रवाहले उत्पादन लागत बढाउनुका साथै प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको छ। बैंकहरूले परिचालित गरेको वित्तीय साधन उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुपर्नेमा आयोगले जोड दिएको छ।

    निष्कृय कर्जा र गैर-बैकिङ् सम्पत्तिमा वृद्धि

    २०७६ मा १.५ प्रतिशत रहेको निष्कृय कर्जा २०८१ पुषमा करिब ५ प्रतिशत पुगेको छ। कतिपय बैंकको निष्कृय कर्जा ७ प्रतिशत नाघेको छ भने गैर-बैंकिङ सम्पत्ति रु. ३५ अर्ब नाघिसकेको छ। यसले बैकिङ् क्षेत्रको स्थायीत्वमा प्रत्यक्ष असर पुर्‍याएको छ।

    अतिरिक्त सुझावहरू: दीर्घकालीन सुधारका खाका

    आयोगले निम्न थप सुझावहरू पनि अघि सारेको छ:

    स्थानीय तहद्वारा सहुलियत कर्जा वितरण
    पूर्वाधार बण्ड र उर्जा बण्डको प्रवर्धन
    व्यक्तिगत क्रेडिट स्कोरिङको कानुनी एवं प्राविधिक विकास
    विशेष उत्पादनशील क्षेत्रका लागि स्थिर ब्याजमा दीर्घकालीन कर्जा
    उद्यमशीलता विकासको लागि सरकारी–निजी क्षेत्र सहकार्य
    सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना
    ई–केवाइसीलाई राष्ट्रिय परिचयपत्रमा आधारित बनाउने व्यवस्था
    बैंकिङ्ग प्रणालीमा सुशासन र नियमन सुदृढ पार्ने

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑