• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      ३४ मिनेट अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      १ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      १ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      १ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      १ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      १ दिन अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      १ दिन अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि
    आज: २०८३ भाद्र २५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    ॐ समाज डेन्टलद्वारा बिद्या अर्जन विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न: ८७% विद्यार्थीका दाँतमा कीरा

  • लाईभ नेपाल
  • २०८२ अषाढ १०, मंगलबार (१ साल अघि)
  • १६६७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • राजन थापा

    काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा–६, मुलपानीस्थित बिद्या अर्जन अंग्रेजी माध्यमिक विद्यालयमा ॐ समाज डेन्टल अस्पताल, बन्सथली शाखाको प्राविधिक सहयोगमा एक निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयको आयोजना र तारकेश्वर क्लब–६० को सह–आयोजनामा सम्पन्न यस शिविरमा ४ वर्षदेखि ६५ वर्ष उमेर समूहका विद्यार्थी, शिक्षक र अभिभावक गरी ठूलो संख्यामा व्यक्तिहरूले दन्त स्वास्थ्य सेवा प्राप्त गरे।

    ८७ प्रतिशत विद्यार्थीका दाँत कीराले प्रभावित
    शिविरमा गरिएको परीक्षणका क्रममा ८७ प्रतिशत विद्यार्थीका दाँतमा कीरा लागेको पाइएको ॐ समाज डेन्टल बन्सथली शाखाकी प्रमुख सबिना पापन गुरुङले जानकारी दिइन्। यस तथ्यांकले बालबालिकामा दन्त स्वास्थ्य समस्याको भयावह अवस्थालाई उजागर गरेको छ।

    विशेषज्ञ टोलीद्वारा सेवा प्रदान
    दन्त परीक्षण तथा उपचार सेवामा डा. आशिका न्यौपाने, डा. सुदेसा, हाईजेनिष्ट रश्मि ढकाल, दन्त सहायक जुनु पण्डित र दुर्गा न्यौपाने सहितको विशेषज्ञ चिकित्सक टोली संलग्न थियो। टोलीले सहभागीहरूलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्‍यो।

    विद्यालय प्रशासनद्वारा कृतज्ञता व्यक्त
    विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले शिविरको सफलताप्रति खुसी व्यक्त गर्दै ॐ समाज डेन्टल अस्पतालको अनुभवी चिकित्सक टोली, सफल उपचार सेवा र समुदायप्रतिको समर्पित भावनाको प्रशंसा गरे।

    विद्यार्थी स्वयंसेवकको महत्त्वपूर्ण भूमिका
    शिविर व्यवस्थापनमा कक्षा ९ र १० का विद्यार्थीहरू सुश्रिया कार्की, आदित्य रानामगर, किस्न लामा, वर्षा श्रेष्ठ, मन्दुन राय र स्वेच्छा आचार्य ले स्वयंसेवकको रूपमा उल्लेखनीय भूमिका निभाए। उनीहरूले दर्ता, अनुशासन कायम, सूचना प्रवाह र समग्र व्यवस्थापनमा सहयोग पुर्‍याई शिविरलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिए। विद्यालयले उनीहरूको प्रयासको विशेष प्रशंसा गरेको छ।

    समाजसेवी र पत्रकारलाई सम्मान
    शिविर सफल बनाउन विशेष भूमिका खेल्ने तारकेश्वर क्लब–६० का अध्यक्ष तथा पत्रकार एवं सामाजिक अभियन्ता राजन थापा, ॐ समाज डेन्टलकी शाखा प्रमुख सबिना पापन गुरुङ र चिकित्सक टोलीलाई विद्यालयको तर्फबाट प्रशंसापत्र प्रदान गरियो। साथै, शिविरसम्बन्धी सूचना प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्ने पत्रकार सन्तोष तिवारीलाई विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

    स्वास्थ्य र शिक्षाको सशक्त समन्वयमा जोड
    ८२७ भन्दा बढी विद्यार्थी अध्ययनरत र ६० जना शिक्षक कार्यरत बिद्या अर्जन अंग्रेजी माध्यमिक विद्यालयले हरेक वर्ष १०० प्रतिशत एसईई उत्तीर्ण दर कायम राख्दै आएको छ। विद्यालयले स्वास्थ्य र शिक्षाबीचको समन्वयलाई उच्च प्राथमिकता दिँदै यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। हालै विद्यालय र ॐ समाज डेन्टल अस्पतालबीच आपसी समझदारी (MoU) समेत सम्पन्न भएको छ, जसअन्तर्गत नियमित स्वास्थ्य क्याम्प तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ। यस सहकार्यले विद्यार्थी र समुदायको स्वास्थ्य चेतना अभिवृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    समाचार

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑