• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

      ४ घण्टा अघि

      काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

      ४ घण्टा अघि

      एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

      ४ घण्टा अघि

      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      ४ घण्टा अघि

      आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

      ४ घण्टा अघि

      रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

      ४ घण्टा अघि

      महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

      ५ घण्टा अघि

      Niraj defends Surya Nepal Eastern Open title

      ५ घण्टा अघि

      माघे सङ्क्रान्तिको अवसरमा रक्षा नेपालका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग

      १ दिन अघि

      काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

      १ दिन अघि

      काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

      १ दिन अघि

      सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

      १ दिन अघि

      आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्धारा उद्धघाटन

      १ दिन अघि

      वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

      १ दिन अघि
    आज: २०८२ माघ ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

  • लाईभ नेपाल
  • २०८२ मंसिर १७, बुधबार (१ महिना अघि)
  • २५१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • चितवन । एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।

    माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित) ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गरिन्। उनले भनिन्, ‘खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने ?’

    आफूले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उनले बताइन् । आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उनले गुनासो गरिन् । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उनले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताइन्।

    परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उनले गुनासो गरे । भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित)ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गरे। आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उनले बताइन्।

    औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उनको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उनी अहिलेसम्म खुलेर आउन सकेका छैनन् । उनले भनिन्, ‘किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।’

    कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नामथर परिवर्तित) आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनुपरेको बताउँछन् । आफू अहिले ५६ वर्ष भए पनि सुरुवाती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गरिन् ।

    उनले भनिन्, “श्रीमानको कारण आफूले परिवारबाट दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उनको भनाइ थियो ।

    अहिले औषधि खाँदै समाज परिवर्तनका लागि काम गर्दै आएको उनले बताए। आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उनको आग्रह छ ।

    बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तित)ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताए। खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उनले बताए।

    आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उनले बताए। रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उनले बताए ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताए। अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उनको भनाइ छ ।

    उनले भने, ‘अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।’

    एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताए। खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

    रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    समाचार

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    निर्देशक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑