
काठमाडौं । स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका लागि लिलाम गरेको प्रकरणमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका छन्। उनलाई सिआइबीले हाजिरी जमानीमा रिहा गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको हो । तर, सर्वोच्चले पाण्डे विदेश जान परे अदालतको अनुमति लिनुपर्ने सर्त आदेशमा राखेको छ ।
‘स्मार्ट सेल’को सम्पत्ति लिलामी प्रकरणमा पाण्डे पक्राउ परेका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको असोज ३ गते अवैध रूपमा लिलामीको सूचना निकालेको आरोप उनीविरुद्ध लागेको थियो ।


