• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २९, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      ३ घण्टा अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      ९ घण्टा अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १0 घण्टा अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १0 घण्टा अघि

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १ दिन अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १ दिन अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १ दिन अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १ दिन अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      २ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      २ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      २ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      ३ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      ३ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      ३ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      ३ दिन अघि
    आज: २०८३ भाद्र २९, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

  • लाईभ नेपाल
  • २०८३ अषाढ २६, शुक्रबार (२ महिना अघि)
  • ३५०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।

    धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो ।

    पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०-६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०-१५ जनासम्म पर्यटक आउने गरेका उनले जानकारी दिए ।

    गुरुङका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि यही असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।

    यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार ५०० ले बढी हो । तर वर्षायाम सुरु भएसँगै पर्यटक आगमन भने घटेको उनको भनाइ छ । गत जेठमा दुई हजार ७७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म ८०० जना मात्रै आएका उनले जानकारी दिए ।

    मस्र्याङ्दी गाउँपालिका-४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार पर्यटक आगमन घटेसँगै होटल व्यवसायको आम्दानीमा पनि असर परेको छ । पर्यटकीय याममा महिनाको रु ५०-६० हजारसम्म आम्दानी हुने जनाउँदै उनले अहिले त्यसको एकतिहाइ बराबर कमाइ हुन नसकेको बताए ।

    ‘पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ’, उनले भने, ‘पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । आम्दानी निकै घटेको छ ।’

    होटल व्यवसायी गुरुङका अनुसार पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने व्यवसायी याममा कमाएको आम्दानीकै भरमा अहिलेको समय धानिरहेका छन् । पर्यटक घटेसँगै होटल, लज, रेष्टुरेण्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीसमेत प्रभावित भएका उनको भनाइ छ ।

    बुङ झरना नजिकै होटल व्यवसाय सालन गरिरहेका खुसबहादुर तामाङले वर्षायाममा व्यवसाय सुस्ताएको बताए । सडकको अवस्था, बाढीपहिरोको जोखिम र यात्राको असहजताका कारण पर्यटकले यात्रा गर्न नचाहँदा आगमनसँगै कमाइ पनि घटेको उनको भनाइ छ ।

    ‘सडक सुरक्षित हुँदा समूह-समूहमा पर्यटक आइरहन्थे । अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ’, उनले भने ।

    बेँसीसहर-चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ ।

    सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने गर्दछ । सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए ।

    सामान्य अवस्थामा सडक सञ्चालनमा रहे पनि निरन्तर वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुनसक्ने सूचना अधिकारी विस्तारको भनाइ छ ।

    विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्दछन् । यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो ।

    पर्यटन व्यवसायीले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै अवस्थामा फर्किने अपेक्षा गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    समाचार

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑