• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      ३ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

  • लाईभ नेपाल
  • २०८२ अषाढ ७, शनिबार (१ साल अघि)
  • १३३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरूले आफूलाई बलि चढाउने भाकल गरेको टिप्पणी गरेका छन् ।

    भैरहवा कारगारबाट २० पृष्ठ लामो अपील जारी गर्दै उनले पुराना दलहरूले राजनीति जोगाउनेदेखि सरकार बनाउन सबैले आफूलाई बलि चढाउने भाकल गरेको टिप्पणी गरेका हुन् ।

    ‘सबैले मेरै बलि चढाउने भाकल गरेका छन् । कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने,’ पूर्वगृहमन्त्री लामिछानेले अपिलमा लेखेका छन्, ‘म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ?’

    सबैको भाकल पूरा गर्नका लागि रेटिँदा आफूसँग प्राणमात्र बाँकी रहेको उनको भनाइ छ । लामिछानेले अहिले आफूसँग सत्यबाहेक केही पनि नभएको दाबीसमेत गरेका छन् ।

    ‘सबको भाकल पूरा गर्न रेटिँदा रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ । यतिबेला मसँग सत्यबाहेक केही पनि बाँकी छैन,’ उनले लेखेका छन्, ‘म थुनिँदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे ! आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ ।’

    लामिछानेले कारागारबाट न्यायालय र सञ्चारमाध्यमप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ‘मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलोछिटो सबैले जवाफ दिनुपर्ने छ,’ उनको भनाइ छ, ‘एक न एकदिन सबैको श्वेतपत्र निस्कने नै छ ।’

    यस्तो छ रवि लामिछानेको अपिल
    १) आफू एमडी र सेयरधनी भएको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने कुरा थाहा छैन भन्न मिल्छ ?
    मैले थाहा छैन भनेको होइन, यो त मिडियाले भनेका हुन् । मैले त जीवी राईले कहाँबाट ल्याए त्यो चाहिँ थाहा छैन भनेको हुँ । गोर्खा मिडियाको आधिकारिक रेकर्डमा त्यहाँ आएको पैसा जीवी राईले दिएको सर्टट्रम लोन भनिएको छ । आधिकारिक अडिट रिपोर्टमा पनि त्यही उल्लेख छ ।

    २) कम्पनीको जिम्मेवार व्यक्ति भएपछि कम्पनीमा आएको पैसाको जिम्मा लिनुपर्दैन ?
    लिनुपर्छ । त्यसैले संसदीय छानबिन समितिले भनेअनुसार कम्पनीमा आइसकेपछि सो पैसाको खर्च र परिचालनमा जिम्मेवार र जवाफदेही हुँ भनेकै छु । सहकारीमा भएका कारोबार र क्रियाकलापमा म कसरी जिम्मेवार हुने ?

    ३) सहकारीबाट सोझै पैसा आएको छ रे, होइन ?
    कुनै पनि सहकारीबाट मेरो खातामा एक पैसा पनि आएको छैन । म कुनै सहकारीको सदस्य, सेयरधनी, ऋणी, कर्मचारी केही पनि होइन ।

    ४) कम्पनीको एमडी सेयरधनी हुनुअघि नै कम्पनीमा तपाईंसहित तीनजनाको नाममा खाता खुलेको छ रे, हो ?
    जीवी राई र छविलाल जोशीले गरेको सम्झौताबमोजिम म न्यूज २४ छोडी उनीहरूसँग सहकार्यमा आउँछु भन्ने सुनिश्चितताका लागि गोर्खा मिडियाको खाता खोलिएको हो, अन्य खाता होइन । सम्झौताअघि कुनै किसिमको कारोबार भएको छैन । सहकारीसँग त मेरो कुनै हिसाबकिताब र लेनदेन छँदैछैन ।

    ५) कम्पनी छोडिसकेपछि पनि सही गरेका चेकहरू छन् रे त !
    सही गरेका सबै चेकहरू सही गरेकै दिनमा साटिँदैनन् । कतिपय चेकमा दुई/चार महिना पछाडिको मिति राखेर दिइन्छ । मेरै दुई महिनाको तलब बाँकी थियो । कम्पनी छोड्ने बेलामा चेक लिएको थिएँ, पछि खातामा पैसा भएको जानकारी पाएपछि भुक्तानी लिएँ । निजी क्षेत्रमा यो प्रचलित अभ्यास हो ।

    ६) तपाईंकै हस्ताक्षर भएका चेकमार्फत सहकारीमा भुक्तानी भएको रहेछ नि ?
    मसँग भएको लिखित सम्झौताअनुसार कुनै पनि आर्थिक मामलामा मेरो हस्तक्षेप हुन सक्दैनथ्यो । मेरो क्षेत्राधिकार समाचार र कार्यक्रममा मात्र सीमित थियो । छविलाल जोशी देश बाहिर र जीवी राई निरन्तर यात्रामा रहने भएकाले हस्ताक्षर नगर्ने विकल्प मसँग थिएन । कार्य सहजताका लागि खाली चेकमा समेत हस्ताक्षर गरिन्थ्यो । सम्पूर्ण लगानी ल्याउने मान्छेलाई कुन चेक कसलाई किन दिएको भनेर प्रश्न सोध्ने मेरो नैतिक हैसियत थिएन । कुनै विवाद वा उजुरी नभएका कारण सोध्नुपर्ने आवश्यकता पनि भएन ।

    ७) सहकारीले निजी क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने कुरा तपाईं जतिको मान्छेलाई थाहा हुनु पर्दैन ?
    मेरो कार्यकालमा बोर्ड बैठकबाट कुनै पनि सहकारीसँग ऋण लिने निर्णय वा सम्झौता भएको छैन । कुनै पनि सहकारीले बक्यौता वा किस्ता तिर्न सूचना र जानकारी पनि दिएको छैन । कम्पनीमा पैसा ल्याउने र बिल–बिजकबमोजिम तिर्ने सम्पूर्ण कार्य जीवी राईको प्रत्यक्ष निगरानीमा उनका विश्वास पात्रहरूबाट मात्रै हुन्थ्यो । म कार्य सहजताका लागि हस्ताक्षरकर्ता मात्रै थिएँ, लगानीकर्ता होइन ।

    ८) तपाईंको नाममा गाडी छन् रे, सहकारीको सिस्टममा तपाईंको नाममा लोन छ रे नि !
    मैले कहीँ पनि ऋण लिएको छैन । मेरो नाममा कुनै सवारी साधन पनि छैन । मैले लिएको भनिएका ऋणहरु सहकारीले आफैँले मेरो नाम राखी खडा गरेका हुन् । मलगायत सयौँ मान्छेको नाममा यस्ता फर्जी खाता खोलिएका रहेछन् । जीसीएस सिस्टम भनेको उनीहरूको आफ्नै सिस्टम हो । अर्को पक्षको उपस्थिति, संलग्नता र हस्ताक्षर बिना आफैँले एक पक्षीय रुपमा जो कोहीको नाम इन्ट्री गर्न सकिने सिस्टममा जसले जे इन्ट्री गरे पनि हुन्छ । आफ्नो डायरीमा आफैँ लेखेर आफैँले राख्ने कुरा जस्तै हो । मेरो उपस्थिति कतै छैन । कतै मेरो निवेदन छैन, हस्ताक्षर छैन । सब फर्जी हुन् ।

    ९) सहकारीबाट पैसा ल्याउने र टीभी खोल्ने सम्पूर्ण योजना तपाईंको र जीवी राईको हो रे भनेर छविलाल जोशीको बयान भन्दै मिडियामा आयो, के हो ?
    न यो कुरा सत्य हो, न छविलालले बयानमा यस्तो भनेका नै छन् । यो मिडियामा मात्रै आएको कुरा हो ।

    १०) तपाईं जतिको मान्छेलाई लगानीको स्रोत के हो भन्ने कुरा थाहा हुनु पर्दैन ?
    जीवी राईले हेटौँडामा रहेको जग्गा बेचेर टीभीमा लगानी गरेको भन्ने कुरा कम्पनीको आधाकारिक जानकारीमा उल्लेख थियो । पछि अनुसन्धान गर्दा पो उनले विभिन्न सहकारीबाट रकम अपचलन गरी ल्याएका रहेछन् भन्ने थाहा भयो । हिजो कुनै गुनासो नआउँदा, उजुरी नपर्दा सहकारीहरूका खाता मैले कसरी हेर्ने ? जीवीको व्यक्तिगत खाता कसरी हेर्ने ? यो त अनुसन्धान पछि न थाहा भयो । अनि, राज्य लागेर गरेको अनुसन्धानबाट सहकारीमा मेरो संलग्नता भेटियो त ? म कुनै सहकारीको सदस्य रहेछु त ? ऋण लिन दिएको रहेछु त मैले कुनै निवेदन ? कतै रहेछ त मेरो हस्ताक्षर ? त्यसैले यो राजनीतिक प्रतिशोध हो, सिंगो राज्य मिलेर ममाथि गरेको संगठित अपराध हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑