• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १६ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १७ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      ३ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    वडा नं. ६ को नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ : कार्यवाहक प्रमुख डंगोल र वडाध्यक्ष लामाबाट समुदघाटन

  • लाईभ नेपाल
  • २०८३ बैशाख २१, सोमबार (४ महिना अघि)
  • ३३८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले नवनिर्मित भवनको उद्घाटन गरेपछि पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै वडाध्यक्ष भुवन लामाले नयाँ भवनबाट सेवा थालनी गर्नुभएको हो । सो अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडासहित वडावासीको बाक्लो उपस्थिति थियो ।

    नवनिर्मित भवनको परिचय पाटीमा देवनागरिक (नेपाली), रञ्जना (स्थानीय नेवार समुदायले प्रयोग गर्ने भाषा) र सम्बोटा (स्थानीय तामाङ्हरुले प्रयोग गर्ने भाषा) गरी ३ थरीका लिपि राखिएको छ । उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधारले अहम भूमिका खेल्ने बताउँदै गुणस्तरीय वडा भवनबाट जनमैत्री सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । वडाध्यक्ष भुवन लामाले, वडावाट प्रवाह हुने सेवालाई एउटै तलामा सम्पन्न गर्ने गरी कार्यकक्ष मिलाइएको बताउनुभयो । नवनिर्मित भवनमा एकद्वार प्रणाली र धेरै कोठामा घुम्नु नपर्ने गरी सेवा प्रवाह गर्न सहज हुने गरी कार्यकक्ष मिलाइएको छ । लामाको भनाइ थियो । १४ हजार वर्गफुट क्षेत्रफल भएको भवनको भूमिगत तलामा मोटरसाइकल, स्कुटर गरी ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने क्षमता छ । यसको क्षेत्रफल १ हजार ५० वर्गफुट हो । २ हजार ३५० वर्गफुट क्षेत्रफल भएको जमिन तलामा ४ वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

    यो स्थान सेवाग्राहीको प्रतिक्षालयका रुपमा समेत प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । २ हजार ७ सय वर्गफुट क्षेत्रफल रहेको पहिलो तलाबाट सामाजिक सुरक्षासँग सम्बन्धित सेवा प्रदान गरिनेछ । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष दोस्रो तलामा छ । यस तलाबाट भूसेवा तथा राजस्व संकलन, वैङ्क काउन्टर, नागरिक सहायता कक्ष, दर्ता चलानीलगायत सेवा प्रदान हुनेछ । यो तलाको पनि क्षेत्रफल २ हजार ७ सय वर्गफुट नै छ । तेस्रो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । यस तलामा प्राविधिक र इञ्जिनियरिङ्, आर्थिक र लेखा, वडा सदस्यहरुको कार्यकक्ष, सम्पत्ति कर बुझाउने, व्यवसाय नविकरण गर्ने, घटना दर्ता गर्ने कक्ष छन् । चौथो तलामा ८० जना व्यक्ति अट्न सक्ने सभा कक्ष छ । यो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । पाँचौ तलामा भान्छाघर र मेलमिलाप कक्ष छ । यसलाई ४ सय वर्गफुट छानाले ढाकेको छ । ६ करोड २८ लाख २७ हजार रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको बोनाफाइड कन्स्ट्रक्सन प्रा. लि. ले कवोल गरेको रकम ४ करोड ८८ लाख ५७ हजार रुपियाँमा कार्यादेश दिइएको हो । भवन निर्माणका लागि ४ करोड ७७ लाख ३२ हजार रुपियाँ खर्च भएको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    यो भवनको डिजाइनर समेत रहनुभएका श्रेष्ठका अनुसार भवन राष्ट्रिय भवन संहिता २०२० को मापदण्ड अनुसार भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण भएको छ । भवनको वाहिरी स्वरुप मौलिक नेपाली शैलीको छ । भित्री स्वरुप आधुनिक छ । भवनमा ¥याम र लिफ्ट राखेर अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सेवा लिन जान सकिने बनाइएको छ । वडा सचिव कमल गौत्तमका अनुसार पहिले साढे ३ तला बनाउने योजना थियो । यसले सेवा सञ्चालन गर्न नपुग्ने भएपछि भेरिएसन गरेर साढे ५ तले बनाइएको हो । यो भवनलाई यसैको उत्तरतर्फको भवनसँग जोडिएको छ ।

    यो भवन २०७९ जेठमा निर्माण सम्पन्न गरिएको साढे ४ तले छ । यी दुवै भवन, गणेश मन्दिर सहित १ रोपनी १० आना जमिन छ । यसको केही भाग अतिक्रमण भएको छ । गौत्तमले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    समाचार

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑