काठमाडौँ — पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीको प्रभाव प्रविधि क्षेत्रमा परेसँगै IT रोजगारीमा प्रतिस्पर्धा र आवश्यक सीपलाई लिएर विद्यार्थीहरूमा चिन्ता बढेको छ। यही चुनौतीलाई ध्यानमा राख्दै Greenfield National College र Everest IT बीच विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।
आज बिहान १०:३० देखि १२:०० बजेसम्म आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल बसन्त कुमार भट्टराई र Microsoft Company (California, USA) का AI Director एवं Everest IT का संस्थापक समीर थापाको उपस्थिति रहेको थियो।
सम्झौताका मुख्य आकर्षण:
लक्षित सङ्काय: BCA, CSIT, BBA र BBM का विद्यार्थीहरू प्रत्यक्ष लाभाविन्तः हुने।
प्रमुख क्षेत्रहरू: Cyber Security & Cloud Infrastructure, Artificial Intelligence (AI) तथा अन्य नयाँ प्रविधिहरू।
अवसरहरू: Internship, Practical Projects, Expert Sessions, Mentorship, Research र Industry Exposure।
कार्यक्रममा बोल्दै समीर थापाले नेपालको IT शिक्षामा सुधार र आवश्यक रूपान्तरण गर्न कलेजसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले परम्परागत शैक्षणिक ज्ञानभन्दा पनि practical skills, problem-solving क्षमता र industry experience लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उद्योग र शिक्षा क्षेत्र (Academia-Industry Collaboration) बीचको यो सहकार्यले विद्यार्थीको confidence र employability बढाउँदै भविष्यको बजारका लागि तयार पार्ने विश्वास कलेजले लिएको छ।

