काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज विभिन्न उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् ।
भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शाहले आज बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ ।
त्यसपछि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्तापछि दिउँसो १२ः३० बजे नेपाल र भारतबीच भएका समझदारीपत्र तथा प्रेस विज्ञप्ति आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, दिउँसो ३ः३० बजे प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मूर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ५ बजे काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक विदेश भ्रमण हो ।

