काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियसमा झरेको हो।
अझ यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।
हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। यस हिसाबले अघिल्लो दिनको तुलनामा आज बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ।

