• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १0 घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ११ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ११ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    जलवायु परिवर्तनले महिला, बालबालिका र युवामा परेका प्रभावबारे धनगढीमा संवाद

  • लाईभ नेपाल
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • १८३८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सुदूरपश्चिम । जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे आजदेखि कैलालीको धनगढीमा बृहत् संवाद भएको छ ।

    ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा सुरु भएको ‘महिला बालबालिका र युवामा जलवायु परिवर्तनका प्रभाव: संवाद कार्यक्रम’ मा यस प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

    एक अध्ययनअनुसार जलवायु परिवर्तनको असरले नेपाल र खासगरी सुदूरपश्चिम प्रदेशमा बढी असर पर्दै आएको छ । त्यसमा पनि दैनिक घरायसी काममा व्यस्त रहने महिला, तिनमा आश्रित बालबालिका र रोजगारीलगायत अवसरको खोजीमा युवा बढी प्रभावित भइरहेका जानकारहरूले बताएका छन् ।

    जलवायुका परिवर्तन कारण उत्पन्न हुने समस्या पैदा हुनुमा नेपालको भूमिका नगन्य रहे पनि यसको मारमा भने नेपालजस्ता मुलुक पर्दै आएकामा कार्यक्रमका वक्ताहरूले चिन्ता जाहेर गरे ।

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘अक्सफाम’ नेपालका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले जलवायु परिवर्तनको असरले देशको दिगो विकास लक्ष्यलाई पनि असर पुर्‍याइरहेको बताए । यसको असरले अर्थ व्यवस्थामा समेत ठूलो चुनौती थपिरहेको उनले बताए । “जलवायु परिवर्तनका कारण नियमित प्राकृतिक चक्र खल्बलिएको छ । स्याउ फल्ने बगैँचामा हिउँ नपर्दा हाल स्याउ नफल्नु, चिसो मौसम हुने जिल्लामा लामखुट्टे पुगेर कालाजार देखिनु, पानीका मुहान सुक्दा नदी छेउकै बासिन्दालाई पनि खानेपानीको समस्या, अत्यधिक वर्षा हुनु, सुख्खा र खडेरी, बेमौसमा पनि ठूलो वर्षा भई बाढी, डुबानजस्ता समस्या निम्तिरहेका छन् । यसबाट नेपालजस्ता देश समस्यामा छन्”, सुवेदीले भने ।

    अन्तर्राष्ट्रियस्तरका छलफल÷बैठकमा सहभागी हुने नेपालका प्रतिनिधिले जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको मारमा पर्नु परेको आवाज उठाउँदै आएका छन् । नेदरल्यान्डको हेगमा हालै भएको जलवायुसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनमा नेपालको खास भूमिका नरहे पनि कार्बन उत्सर्जन गरेर परिवर्तनमा असर पुर्‍याइरहेका विश्वका राष्ट्रसमक्ष नेपाललाई सोधभर्ना गर्नुपर्ने अडान राखेका संवादका क्रममा उल्लेख गरिएको थियो ।

    कार्यक्रममा सुदूरपश्चिम स्तरमा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुँदैछ ।

    आज पहिलो दिन परराष्ट्रमन्त्री डा. राणा देउवाले जलवायु परिवर्तनका असरले मानव जीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुर्‍याइरहेको बताइन् । उनले नेपालमा स्रोतको कमी नभए पनि उचित ढंगले व्यवस्थापन गर्न नसक्दा जलवायुको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यसको असर र चुनौती न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह सबै मिलेर काम गर्न आवश्यक रहेकामा जोड दिइन् ।

    आगामी दश वर्षमा महिला बालबालिकाको जीवनस्तर माथि उकास्न कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिँदै रुडुकका संस्थापकसमेत रहेकी मन्त्री डा. राणाले देशमा भएका स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरी जोखिम न्यूनीकरणमा लाग्नुपर्ने बताइन् । “नेपालले भएको स्रोतलाई एकीकृत ढंगले योजनाबद्ध रूपमा प्रयोग गर्न आवश्यक छ । यसका साथै हामीले सामना गर्नुपरेका जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा समेत जोड्दार रूपमा उठाइरहेका छौँ । आगामी वैशाख÷जेठ महिनामा जलवायुसम्बन्धी ‘सगरमाथामा संवाद’ कार्यक्रम गरेर जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि विश्वको ध्यानाकर्षण गराउँदै छौँ । सगरमाथा संवादमा हिमाल पग्लिएर नेपालको मात्रै नभएर संसारकै भविष्य के हुन्छ भन्ने विषयमा संवाद गरिनेछ”, उनले भनिन् ।

    कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि सरकारले जलवायु परिवर्तनको नीतिअनुरूप गरिरहेका गतिविधि सम्बन्धमा सम्बोधन गरेका थिए । कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑