• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      १३ घण्टा अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      २ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      २ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      २ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      २ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      २ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      २ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ३ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ३ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ४ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ४ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ४ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      ४ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      ४ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      ४ दिन अघि
    आज: २०८३ आश्विन ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    अर्थमन्त्री र गर्भनरले कृषि विकास बैंकको प्रशंसा गर्दै भने- ‘बैंकको व्यवस्थापन अब्बल’

  • लाईभ नेपाल
  • २०८१ माघ १०, बिहिबार (१ साल अघि)
  • १२२७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं  । सोमबार बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।

    उनले भने, ‘कृषि विकास बैंकले जुन समस्या झेल्दै आएको थियो, बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा पछाडि पर्दै गएको थियो । तर, पछिल्ला दिनमा बैंकको व्यवस्थापन र कर्मचारीले गरेको सामूहिक प्रयासका कारण आज अब्बल बैंक, राम्रो बैंक, अन्य बैंकको तुलनामा प्रतिस्पर्धा गर्न सामर्थ्य राख्ने बैंकका रूपमा आफूलाई चिनाएको छ ।

    यस्तै, अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बैंकले गरेको प्रगतिमा रमाएर बस्न नहुने धारणा व्यक्त गरे । उनले कर्मचारी र व्यवस्थापनलाई सुझाव दिँदै भने, ‘पछिल्लो समय बैंकले गरेको प्रगतिमा रमाएर बस्ने होइन । थप उपलब्धी आर्जन गर्ने, थप सफलता आर्जन गर्न स्पेस छ । त्यो स्पेसलाई यहाँहरूले भरपुर सदुपयोग गर्नुहोस् ।’

    बैंकका कर्मचारी र व्यवस्थापनको राम्रो सम्बन्ध भएको बैंकले धेरै प्रगति गर्ने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले बैंकका कर्मचारी तथा संगठनका पदाधीकारीहरूलाई बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन अनुरोध गरे ।

    ‘बैंक सफल भयो, प्रभावकारी भयो र बैंकको इज्जत माथि उठ्यो भने समग्र कर्मचारीको इज्जत माथि उठ्छ । यसैगरी, बैंकको प्रतिष्ठा, पफर्मन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिने भएकाले बैंकको उन्नति र प्रगतिमा प्रहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

    कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो अनुभव रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘कृषि विकास बैंकमा अन्यको तुलनामा सम्बन्ध राम्रो रहेको महशुस मैले गरेको छु । यो सम्बन्धलाई अझै राम्रो बनाउनु पर्दछ ।’

    यस्तै, गभर्नर अधिकारीले कर्मचारी र व्यवस्थापनको सुमधुर सम्बन्ध रहेको भन्दै बैंक बधाईको पात्र भएको उल्लेख गरे । उनले सम्बोधन गर्नुअघि बैंकका कर्मचारी यूनियनका पदाधीकारीहरूले आ-आफ्नो मन्तव्य राखेको थिए ।

    कर्मचारीहरूले खुलेर आफ्नो कुराहरू राखेको विषयलाई उदृत गर्दै उनले यसरी सञ्चालक र व्यवस्थापनको बारेमा कर्मचारीले खुलेर कुरा राखेको दुर्लभ पाइने गरेको बताए । त्यसकारण पनि कर्मचारी, व्यवस्थापन र सञ्चालकहरू बधाईको पात्र भएको उनको भनाइ थियो ।

    कृषि विकास बैंकको विगतलाई कोट्याउँदै गभर्नर अधिकारीले उक्त बैंकको सुधारका लागि राष्ट्र बैंक र नेपाल सरकार मिलेर लगानी गरेको इतिहास सम्झिए । त्यस्तै, उनले कृषि विकास बैंकले हाल धेरै अब्बल व्यवस्थापकहरूमध्यको व्यवस्थापक पाएको दाबी गरे ।

    उनले भने, ‘व्यवस्थापकीय सीपको सन्दर्भमा केही सीमित व्यवस्थापकहरूको व्यवस्थापन बैंकले पाइरहेको महसुस भएको छ ।’ राष्ट्र बैंकले निरीक्षण गर्दा र तथ्यांकहरू केलाउँदा पनि सो बैंकको पफर्मेन्स राम्रो रहेको पाइएको उनले बतए ।

    यसका साथै गभर्नर अधिकारीले गत वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत लाभांश वितरण गरेको, कर्मचारी र कर्मचारी युनियनको गुनासो बैंकले राम्रोसँग सम्बोधन गरेको उल्लेख गर्दै उनले साैहार्द किसिमले बैंक अघि बढेको बताए ।

    यस्तै, उनले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिहरू रहेको बताउँदै कृषि विकास बैंकको लाहान शाखामा भएको घटनाप्रति नेपाल राष्ट्र बैंक र नेपाल सरकार संवेदनशील रहेको बताए । त्यस विषयमा आफूहरू सरकारका निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले दिए । सम्बन्धित निकायहरूलाई बैंकिङ क्षेत्रमा यस्तो अराजकताको असर कति पर्छ ? अर्थतन्त्रमा कति असर पर्छ भनेर विषय उठान गराएको पनि उनले जानकारी दिए ।

    कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीले बताए । उक्त बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान रहेको भन्दै साना तथा मझाैला उद्योगमा पनि सो बैंकले लगानी बढाउँदै गएको उनले बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए ।

    गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ ।

    गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगत र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाषिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

    समाचार

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑