
२०७९ सालको स्थानीय निर्वाचनबाट निर्वाचित मेयर किशोरी प्रसाद कलवारको नेतृत्वमा सम्पूर्ण कार्यपालिका सदस्यहरू एकताबद्ध भएर नगरको समग्र विकासमा जुटेका छन्। प्रमुख प्रशासकीय अधिकृत हरिओम जयस्वालको कार्यकाल सुरु भएयता थप योजनाहरू अघि बढिरहेका छन्।
प्रमुख योजना निम्नानुसार छन्:
स्थानीय बासिन्दाहरूका अनुसार स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार आएको छ। तर विकाससँगै केही संचार माध्यमहरूले भ्रामक सूचना प्रकाशन गरी नगरपालिकाको छवि बिगार्ने प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जयस्वालले आरोप लगाएका छन्।
उनका अनुसार, मिलन राष्ट्रिय दैनिक ले कार्यादेशविनै सूचना प्रकाशित गरेर भुक्तानी माग गरेको र सोही नपाएपछि निराधार र भ्रामक समाचार प्रकाशित गरिएको हो। उनले थपे, “म चढ्दै आएको गाडीलाई मेरो निजी गाडी भन्दै महँगो दरमा सम्झौता गरिएको भन्ने गलत सूचना प्रकाशित गरिएको छ। गाडी मेरो निजी होइन भन्ने स्पष्ट गर्न चाहन्छु।”
जयस्वालले पत्रकारिता पेशामाथि गम्भीर प्रश्न उठ्ने गरी समाचार लेख्नु अनुचित भएको बताउँदै प्रमाणसहित सत्य र निर्भीक पत्रकारिता गर्न सबै पत्रकार मित्रहरूलाई आग्रह गरेका छन्।


