काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा रहेको ‘ऐलानी मैलानी’ बोलको गिति फिल्म सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीत होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै यस भिडियोमा देखीएका छन । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्म छायांकन गरिएको छ । भिडियोमा रवि ओडसँगै सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय रहेको छ । टेकेन्द्र शाहको सम्पादन, राम कुमार केसीको छायांकन, राज पोखरेल र दिनेश थापाको सहायक छांयाकान रहेको उक्त म्युजिक भिडियो दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।
सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको निर्देशक दशरथ सुनारले बताए ।