फागुन ४, काठमाडौं । एसिसि वुमन प्रिमियर कप २०२४ का तिन खेल लगातार जितेर मलेसिया संग सेमिफाईनल खेलेको नेपालले उक्त खेलमा भने पराजय व्यहोरेको छ । बिहिबार मलेसियाको बायोमास ओभाल क्रिकेट मैदानमा घरेलु टोलि मलेसिया संग खेलेको नेपालले ४ विकेटको पराजय ब्यहोरेको हो । नेपाल समूह सिको विजेता टोलि मलेसियासंग सेमिफाईनलमा पराजित भए संगै तेस्रो पटक एसिया कपमा छनोट हुने सपना पनि समाप्त भएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । जितको लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौका सहित ६९ रनको अविजित इनिङ खेल्दै महत्वपुर्ण योगदान दिएकि थिइन ।
नेपालको लागि सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् , रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् भने कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् । एक ओभरमा ११ रनको आवस्यकतालाई पछयाएर ५ बलमै ११ रन पुरा गरेको मलेसियाले १८ फेब्रुअरीमा समूह बिको विजेता युएई संग फाईनल खेल खेल्नेछ ।