बैशाख ३, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत टस जितेर पहिले फिलडिङ रोजेको नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो
पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।
कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।