नेपाली व्याकरणमा आधारित नाटक “लिपि” ले आफ्नो प्रदर्शनको चार दिन पुरा गरेको छ। शंकर पोख्रेलको परिकल्पना र निर्देशनमा निर्मित उक्त नाटकले काठमाडौंको रातोपुल अवस्थित ओजेश थिएटर एण्ड फ्लिम स्टुडियोमा चार दिन पूरा गरेको हो । जेठ १२ गतेबाट प्रदर्शनमा ल्याइएको उक्त नाटकको शो अवधि २२ गते सम्म रहने निर्देशक पोखरेलले बताउनु भयो। उहाँले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई नाटक हेराएपछी उनीहरु व्याकरणमा थप चासो राख्न सकुन र जिज्ञासु पनि बनुन बन्ने हेतुले सो नाटक कोरिएको बताउनु भयो।
“हामिले कसैलाई ज्ञान दिने भन्दा पनि ज्ञान खोज्न सिकाउने हो ।” उहाँले भन्नुभयो। “यो नाटक हेरेपछि विद्यार्थीलाई व्याकरणको बोध होस, व्याकरणको आधारभूत जानकारी होस्, र संग संगै यसले उनीहरुमा थप जान्ने जिज्ञासा जगाओस।”
नाटक हेरिसकेका दर्शकले पनि निर्देशक पोख्रेललाई व्याकरणलाई नै नाटकको माध्यमबाट सिकाउने यो पृथक आट कसरी आयो भन्दै जिज्ञासा पोखेका थिए। पोख्रेलले दर्शकको सो प्रश्नको जवाफ दिदै यस अघि आफुले कथा हरुमा नाटक खेल्दै आएको र व्याकरणलाई पनि कसो नाटकको माध्यमबाट प्रस्तुत गर्न नसकिएला भन्ने अभ्यासले यो नाटक सम्भव भएको बताउनु भयो।
उसोत लिपि शंकर पोख्रेलको दोस्रो नाटक हो। यस अघि उहाँसंग “आधा अपुरो” नामक नाटकमा निर्देशन गरेको अनुभव समेत छ। नेपाली साहित्य र लिपिमा आकर्षण राख्ने पोख्रेलले निर्देशकलाई नाटक निर्देशन गर्न महिलालाई आमा बन्नु बराबरको लगाव र दुख हुने जिकिर गर्नु भयो।अघिल्लो नाटकले दिएको उर्जा सम्झिदै उहाँले पेटमा छदा प्रश्वको पिडा बोक्ने आमाले सन्तान जन्मिए पछि त्यसले प्राप्त हुने खुशी जस्तै आफुलाई पनि आफू निर्देशित नाटकले खुशी र दुख दुवै दिने गरेको बताउनु भयो।
नेपालीमा अत्यन्तै कमजोर विद्यार्थीलाई लक्षित गर्दै व्याकरणमा सशक्त बनाउने हेतुले निर्मित सो नाटकमा तीर्थ राज भट्ट, सुब्रत सिलवाल, प्रकाश थापा, अनन्त सिग्देल, , सञ्जै तिमिल्सिना, अभिषेक खड्का गरि ६ जना कलाकारहरुले अभिनय गरेका छन् ।