• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

      ५५ मिनेट अघि

      Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

      २ घण्टा अघि

      तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

      २१ घण्टा अघि

      ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

      २१ घण्टा अघि

      कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

      २२ घण्टा अघि

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      १ दिन अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      १ दिन अघि

      पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

      १ दिन अघि

      Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

      १ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

      १ दिन अघि

      युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

      १ दिन अघि

      बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

      १ दिन अघि

      रविको निर्देशन- मनमुटाव कोठाभित्रै टुङ्ग्याउनु पर्छ, सडकमा तमासा नदेखाउनू

      १ दिन अघि

      रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

      १ दिन अघि

      NIC ASIA Bank Limited Appoints NIMB ACE Capital Limited as Issue and Sales Manager for Rights Share Issuance

      १ दिन अघि
    आज: २०८३ अषाढ ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    झापाको श्री बोलाचोक सहकारीद्वारा आयोजित व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न: महिला सशक्तीकरणमा जोड

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ३१, शनिबार (१ साल अघि)
  • ३११५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • झापा । झापाको श्री बोलाचोक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको भाषण तथा उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास, साथै माइनुट लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको यस तालिमबाट सहभागी प्रशिक्षार्थीहरूले बोल्ने र लेख्ने सीपमा उल्लेख्य सुधार आएको आयोजकले जनाएको छ।

    समापन समारोहमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले वडा नम्बर चारभित्रका आदिवासी जनजाति तथा विभिन्न समुदायका महिला र बालबालिकाहरूलाई बोल्न सक्ने बनाउन सफल भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।

    “ग्रामीण भेगका महिलालाई बोल्ने कलाका साथै आयआर्जनमा सहयोग पुग्ने तालिम मेरो प्राथमिकतामा रहेको छ,” नगर प्रमुख थोप्राले भन्नुभयो, “तालिममा सिकेको ज्ञान अरूलाई पनि बाँड्नुपर्छ।”

    उहाँले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्‍याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। थोप्राले दक्ष जनशक्ति उत्पादनमा यस्ता तालिमहरूको आवश्यकता रहेको र आफूभित्रको निखारता बाहिर ल्याउन पनि प्रशिक्षणले ठूलो टेवा पुग्ने बताउनुभयो।

    पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्‍याएको उहाँको भनाइ थियो। उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रहसमेत गर्नुभयो।

    आत्मनिर्भर बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने सहकारीको लक्ष्य

    सहकारीका अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले यो तालिम महिला लक्षित कार्यक्रमअन्तर्गत आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, महिलाहरूको सीपमा वृद्धि विकास गरी आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उद्घोषण तथा नेतृत्व विकास तालिम आयोजना गरिएको हो। शाहले तालिममा उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई भव्य, सभ्य र परिणाममुखी बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।

    तालिमको सञ्चालन र मनोरञ्जनात्मक प्रस्तुति

    पाँच दिनसम्म सञ्चालित यस तालिमलाई प्रशिक्षक लीला अनमोल र देवेन्द्र प्रसाईंले सहजीकरण गर्नुभएको थियो। समापन समारोहमा विभिन्न खेलहरू पनि खेलाइएको थियो, जसमा रञ्जित कुमार बेल्दार प्रथम, दिलीप ताजपुरिया द्वितीय र महेश्वर दुलाल तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो।

    तालिमलाई थप आकर्षित बनाउन मित्र कर्मकार र देवन्ती राजवंशीले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने प्रभा ताजपुरिया, सुमनलाल शाह, प्रशिक्षक लीला अनमोल लगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। रेडियो विराटकी प्रबन्ध निर्देशक समेत रहेकी प्रशिक्षक लीला अनमोलले आफ्नो परिचय दिँदै आफूले लेखेको ‘अन्तिम कुमारी रात’ नामक पुस्तक मायाको चिनो स्वरूप उत्कृष्ट सहभागी तथा अतिथिहरूलाई प्रदान गर्नुभएको थियो।

    आत्मविश्वास बढाएकोमा प्रशिक्षार्थीहरू उत्साहित

    आयोजक संस्थाले प्रशिक्षकहरूलाई प्रशंसापत्रसहित मायाको चिनो, विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो, र सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको थियो। समापन समारोहमा बोल्दै प्रशिक्षार्थीहरूले तालिम अत्यन्तै उपलब्धिमूलक भएको बताएका छन्।

    “तालिमअघि माइनुट तयार गर्न र अगाडि गएर बोल्न समस्या थियो, तर तालिमपश्चात् त्यो डर हटेको छ,” एक सहभागीले भनिन्, “आगामी दिनमा सजिलैसँग लेख्न र बोल्न सक्ने भएका छौं।”

    कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति

    कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सदस्य तिलक प्रसाद राजवंशी, वडा सदस्य सुमन लाफ सासू, समाजसेवी भक्तिप्रसाद सिटौला, कन्काई नहर जल उ. स. का अध्यक्ष कमल भण्डारी, त्रिभुवन मा. वि. का अध्यक्ष महेश्वर दुलाल, पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक दिलीप ताजपुरिया, स्वास्थ्यकर्मी पूर्ण कुमार शाह, रबिन, कमल मैनाली, रञ्जित कुमार वेल्दार, माला कुमारी ताजपुरिया, चन्द्र प्रसाद ताजपुरिया, बलराम ताजपुरिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

    Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

    तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

    ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

    कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    समाचार

    फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

    Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

    तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

    ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑